मोदीले बनाएका कानुनलाई रद्दीको टोकरीमा फ्याँकिदिने राहुल गान्धीको घोषणा

डिसी नेपाल
१८ असोज २०७७ १८:१९

काठमाडौं। भारतमा नयाँ कृषि कानुनको विरोधमा प्रदर्शन गरिरहेका किसानहरुको समर्थन गर्नको लागि पंजाब पुगेका कांग्रेस आइका नेता राहुल गान्धीले मोदीले ल्याएका तीनवटै नयाँ कृषि कानुनलाई आफ्नो सरकार आएपछि रद्दीको टोकरीमा फ्याँकिदिने घोषणा गरेका छन् । कोभिड महामारीको समयमा यी कानुन लागू गर्नुपर्ने आवश्यकता नभएको बताउँदै गान्धीले भने ‘म तपाइँहरुलाई विश्वास दिलाउँछु जब कांग्रेस सत्तामा आउनेछ, हामीले यी तीनवटै काला कानुनलाई समाप्त गरेर रद्दीको टोकरीमा फ्याँकिदिनेछौं ।’

राहुलले पंजाबका किसानहरुको समर्थनमा ३ दिनसम्म ट्रेक्टर र्याली गर्नेछन् । राहुलसँग पंजाबका मुख्यमन्त्री अमरिंदर सिंह, पार्टी महासचिव केसी वेणुगोपाल र पूर्व क्याबिनेट मन्त्री नवजोत सिंह सिद्धू पनि पुगेका थिए । कुनै कानुन लागू गर्नुभन्दा पहिले राज्यसभा र लोकसभामा यसबारे चर्चा गर्नुपर्ने बताउँदै राहुलले सदनमा यसबारे छलफल नगरिएकोप्रति आपत्ति जनाए । प्रधानमन्त्रीले यो कनुन किसानको लागि बनाइएको बताएको उल्लेख गर्दै राहुलले भने ‘यदि किसानहरु यो कानुनसँग खुसी छन् भने उनीहरु पूरै देशमा प्रदर्शन किन गरिरहेका छन् ?’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *