भारतको महत्वाकांक्षी परियोजना ध्वस्त पारिदिने चीनको चेतावनी

डिसी नेपाल
१९ असोज २०७७ १५:४०

काठमाडौं। चीनले भारतलाई उसको बहुप्रतिक्षित अटल टनेल योजना पनि ध्वस्त हुने धम्की दिएको छ । चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले अटल टनेलको निर्माणन केवल सैन्य उद्देश्यले गरिएको बताउँदै सैन्य संघर्षको बेला यसको कुनै महत्व नहुने बताएको छ ।

चीनको पीएलएसँग यस्ता सुरुङ निष्क्रिय गर्ने कैयौं विधि भएको बताउँदै ग्लोबल टाइम्सले भारत र चीनको लागि एक अर्कासँग मिलेर रहनु नै शान्तिपूर्ण हुने उल्लेख गरेको छ । कुनै पनि सुरुङले भारतको युद्ध क्षमता नबढाउने उल्लेख गर्दै ग्लोबल टाइम्सले भनेको छ ‘भारत र चीनबीच सैन्य क्षमतामा ठूलो फरक छ र चीनको पिएलएसँग यसलाई बेकार गर्ने कैयौं तरिका छन् । भारत र चीनको लागि यही राम्रो हुन्छ कि उनीहरु शान्तिपूर्ण तरिकाले बसुन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *