थप २४४० जनामा कोरोना पुष्टि, १९ जनाको मृत्यु

डिसी नेपाल
१९ असोज २०७७ १६:२३
248
Shares

काठमाडौं । सोमबार देशभर २ हजार ४४० जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका २ हजार ४४० संक्रमित थपिएको जानकारी दिए। नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ८९ हजार २६३ पुगेको छ।

हालसम्म ६५ हजार २०२ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा १ हजार १३३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ रहेको छ।

यस्तै आज काठमाडौं उपत्यकामा १ हजार ५३१ जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार आज काठमाडौंमा १ हजार १७८ , ललितपुरमा २५० र भक्तपुरमा १०३ जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १९ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५५४ पुगेको छ। गत २४ घण्टामा १३ हजार ७८१ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ४ हजार ३३ जना क्वारेन्टिनमा रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *