प्रदेश नम्बर पाँचको प्रदेशसभा बैठक स्थगित
काठमाडौं। प्रदेशको स्थायी राजधानीबारे निर्णय गर्न शुरु भएको प्रदेश नम्बर पाँचको प्रदेश सभा बैठक सोमबार तोडफोड र होहल्लापछि स्थगित गरिएको छ।
सोमबारको बैठकमा होहल्लाकाबीच सामाजिक विकासमन्त्री कुलप्रसाद केसीले प्रदेशको राजधानी दाङको भालुवाङमा राख्ने प्रस्ताव टेबुल गरेका थिए। सो क्रममा काँग्रेस सांसदहरुले कुर्सी तोडफोड गरेका थिए। कुर्सी तोडफोड र नारावाजी जारी रहे पनि सभामुख पूर्णबहादुर घर्तीले बैठक जारी राखेका थिए।
त्यसपछि मन्त्री केसीले प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिएपछि सोमबारको बैठक स्थगित गरिएको हो। बैठक मंगलबार दिउँसो १२ बजेसम्मका लागि स्थगित गरिएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment