भेन्टिलेटरको खोजी गर्दा गर्दै मृत्यु भयो ७० वर्षीय कोरोना संक्रमितको

डिसी नेपाल
१९ असोज २०७७ १९:४१

काठमाडौं। भेन्टिलेटर नपाउँदा सोमबार साँझ एक कोरोना संक्रमित वृद्धको निधन भएको छ। अभियन्ता सुवास अधिकारीका अनुसार सोमबार बिहानैबाट भेन्टिलेटरको खोजी भइरहेको थियो। तर, भेन्टिलेटर उपलब्ध हुन नसक्दा काठमाडौं बालाजुका ती वृद्धको स्टार अस्पतालमा निधन भएको हो।

उनलाई पाँच दिन अघि स्टार अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था झन खराख भएपछि सोमबार बिहानदेखि उपत्यकामा भेन्टिलेटर खोजिएको अधिकारीले बताए। उनले डिसी नेपालसँग भने, ‘उपत्यकाका सबै अस्पतालमा भेन्टिलेटरको खोजी गर्यौं। सबै अस्पतालमा भेन्टिलेटर अकुपाई रैछ। अनि मैले आईसीयू व्यवस्था गर्नुहोस भेन्टिलेटर म ल्याउँछु भने। आईसीयूको अहिले भर्खर व्यवस्था हुँदा विरामीको मृत्यु भएको खबर आयो।’

अधिकारीले ट्वीटरमार्फत राज्य नागरिकभन्दा पनि कमजोर भइसकेको भन्दै आफै सतर्क रहन अपील गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *