भारतीय सेनाको गोलाबारुद गुणस्तरहीन ! ६ वर्षमा २७ सैनिकको मृत्यु १५९ घाइते

डिसी नेपाल
२० असोज २०७७ ९:५८

काठमाडौं। भारतीय स्थल सेनाको लागि आपूर्ति गरिने गोलाबारुद गुणस्तरहीन भएको खुलासा भएको छ । यी गुणस्तरहीन हतियारका कारण विगत ६ वर्षमा भारतीय सेनाका २७ जवानको मृत्यु भएको छ र १५९ जना सैनिक घाइते भएका छन् । गुणस्तरहीन गोलाबारुदका कारण भारतीय सेनाले ९६० करोड नोक्सानीसमेत ब्यहोर्नुपरेको भारतीय सेनाको एक रिपोर्टमा खुलासा गरिएको छ ।

हिन्दूस्तान टाइम्सको समाचारअनुसार सेनाको यो आन्तरिक रिपोर्टमा अर्डिनेन्स फ्याक्ट्री बोर्डले बनाएका हतियारहरुमाथि प्रश्न उठाइएको छ । भारतीय स्थल सेनाले अर्डिनेन्स फ्याक्ट्री बोर्डका खराब गोला बारुदका विषयमा एक रिपोर्ट तयार गरेको छ । यो रिपोर्टमा खराब गोला बारुदका कारण विगत ६ वर्ष अर्थात २०१४ देखि अहिलेसम्म २७ सैनिकको ज्यान गइसकेको छ ।

यी घटनाहरुमध्येको एक २०१६ मा महाराष्ट्रको पुलगांवमा हतियारको डिपोमा लागेको आगो पनि एक हो जहाँ १९ जवानको ज्यान गएको थियो । खराब गोला बारुदका घटना पैदल सेनादेखि ट्यांकका गोला, तोपखाना र एयर डिफेन्स युनिटमा पाइएका छन् । यी सबै युनिटले अर्डिनेन्स फ्याक्ट्री बोर्डका गोलाबारुद प्रयोग गर्छन् ।

रिनाको रिपोटृअनुसार विगत ६ वर्षमा खराब गोला बारुदका कारण ४०३ दुर्घटना भएका छन् । अहिलेसम्म यी गुणस्तरहीन गोला बारुदका कारण २७ सैनिकको ज्यान गइसकेको छ र १५९ घाइते भएका छन् । गुणस्तरहीन गोला बारुदका कारण ९६० करोडको नोक्सानी भएको छ जुन रकमबाट कम्तीमा १०० वडा मिडियम गन्स अर्थात तोप किन्न सकिन्थ्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *