सामाजिक संजालमा ट्रम्पविरुद्ध आक्रोश चुलियो

डिसी नेपाल
२० असोज २०७७ १४:३२

काठमाडौं। सामाजिक संजालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध आक्रोश चुलिएको छ । कोरोनाभाइरस संक्रमित भएर अस्पताल भर्ना भएका राष्ट्रपति ट्रम्पले अस्पतालबाट निस्केर ह्वाइट हाउस पुग्नासाथ मास्क हटाएपछि सामाजिक संजाल प्रयोगकर्ताहरु उनीविरुद्ध आक्रोशित भएका हुन् । उनीहरुले ट्रम्पलाई गैरजिम्मेवार भएको आरोप लगाएका छन् ।

ट्रम्प कोरोना संक्रमित भएको एक हप्ता पनि भएको छैन । उनको रिपोर्ट नेगेटिभ आएको पनि छैन । सम्भवतः उनी अहिले पनि कोरोना संक्रमित नै छन् । संक्रमित हुँदाहुँदै ट्रम्पले मास्क हटाएपछि सामाजिक संजाल प्रयोगकर्ताहरु उनीविरुद्ध आक्रोशित भएका हुन् । अमेरिकी वैज्ञानिक एरिक फिएगलले यस विषयमा लेखेका छन् ‘महामारी रोग विशेषज्ञ उल्टी गर्न चाहन्छन् ।’

यसअघि अस्पतालमा भर्ना गरिएको अवस्थामा पनि ट्रम्प बीचमै बाहिर निस्किएका थिए । अस्पतालमा भर्ना भएका ट्रम्प कार चढेर समर्थकलाई अभिवादन गर्न निस्केपछि स्वास्थ्य विशेषज्ञले यसको आलोचना गरेका थिए । ट्रम्पका डाक्टरहरुका अनुसार उनको स्वास्थ्यमा सुधार भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *