कोरोनाभाइरसः मारिन सक्ने डरले चीनबाट भागेकी वैज्ञानिककी आमा चीनमा गिरफ्तार

डिसी नेपाल
२१ असोज २०७७ ९:४८

काठमाडौं। चीनकी एक महिला वैज्ञानिकले केही हप्ता पहिले कोरोनाभाइरस चीनले वुहानस्थित प्रयोगशालामा बनाएको र यो प्राकृतिक नभएको दावी गरेकी थिइन् । उनै वैज्ञानिकले केही महिना पहिले चीनले भाइरसको विषयमा धेरै कुरा लुकाएको र सो कुराको खुलासा गरिदिने डरले आफूलाई मार्न सक्ने खतरा भएपछि आफू चीनबाट भागेको बताएकी थिइन् । उनी अहिले अमेरिकामा अज्ञात ठाउँमा लुकेर बसिरहेकी छिन् ।

अहिले ती वैज्ञानिकले चीनले आफ्नी आमालाई गिरफ्तार गरेको बताएकी छिन् । ली मेंग यान नामकी ती महिला वैज्ञानिक विगत केही महिनादेखि चर्चामा छिन् । उनले कथित रुपमा चीनले कोरोनाभाइरस प्रयोगशालामै बनाएको प्रमाण पेश गरेकी थिइन् र कोरोनाभाइरस प्राकृतिक नभइ मानवनिर्मित भएको दावी गरेकी थिइन् ।

ली मेंगका अनुसार उनी कोरोनाभाइरसका बारेमा अनुसन्धान गर्ने सुरुवाती वैज्ञानिकहरुमध्येकी एक थिइन् । उनका अनुसार उनी हङकङमा काम गर्थिन् र उनलाई कोरोनाभाइरसमाथि रिसर्थको काम दिइएको थियो । तर जब उनले कोरोनाभाइरसका विषयमा काम सुरु गरिन् त्यसपछि उनलाई त्रास देखाउन थालियो । त्यसपछि उनी हङकङबमट भागेर अमेरिकामा कुनै अज्ञात स्थानमा बस्न थालिन् ।

ली मेंग यानले अमेरिकी वेबसाइट द एपोच टाइम्सलाई बताएअनुसार उनकी आमालाई चीनमा गिरफ्तार गरिएको छ तर उनलाई गिरफ्तारीसँग सम्बन्धित अधिक जानकारी दिइएको छैन । गत महिना उनले कोरोनाभाइरस चीनले बनाएको दावी गरेपछि उनको ट्वीटर सस्पेन्ड गरिएको थियो । यद्यपि लीको दावीलाई स्वतन्त्र रुपमा कुनै पनि वैज्ञानिक वा रिसर्च इन्स्टिच्युटले पुष्टि गरेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *