कोरोना संक्रमित ट्रम्पले उल्लंघन गरे यी चार नियम

डिसी नेपाल
२१ असोज २०७७ १९:४३

वाशिङ्टन (एजेन्सी)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, उनकी श्रीमती मेलिनियादेखि राष्ट्रपतिको निकट सल्लाहाकार कोरोनाबाट संक्रमित भए। अमेरिकाको सबैभन्दा महत्वपूर्ण र विश्वकै शक्तिशाली व्यक्ति ट्रम्पलगायत व्हाइट हाउसमा कोरोना संक्रमण फैलिएपछि, त्यहाँसम्म कोरोना कसरी पुग्यो भन्ने प्रश्न उठिरहेको छ।

खास गरेर अमेरिकी राष्ट्रपति ट्रम्पका केही नीतिले गर्दा पनि उनीमाथि प्रश्न उठेको हो। कोरोना महामारी शुरु भएपछि अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)ले सुरक्षा तथा स्वास्थ्य मापदण्ड बनाएको थियो।

ती मापदण्डका आधारमा कोरोना नियन्त्रण गर्न सहयोग पुग्ने भन्दै अमेरिकामा सो मापदण्ड लागू गरियो। तर स्वयम ट्रम्प प्रशासनले भने सो मापदण्ड पूरा नगरेको अथवा उल्लंघन गरेको पाइएको छ।

मास्क नलगाउनु

कोरोना महामारी नियन्त्रणका लागि सबैभन्दा लागू गर्नुपर्ने नियम हो मास्क लगाउनु। कुनै पनि कार्यक्रममा सहभागी हुँदा मास्क लगाउनु पर्ने वा मुख ढाक्नुपर्ने सीडीसीको मापदण्ड छ। तर, ट्रम्प भने साँधै मास्क विरोधी रहे। कोरोनाबाट संक्रमित ट्रम्पले हालै अस्पतालबाट डिस्चार्ज लिएर व्हाइट हाउस जाँदा पनि क्यामेरा मेनका अगाडि नाटकीय रुपमा मुखमा लगाइएको मास्क खोले र उनले मास्क लगाउनु नपर्ने सन्देश दिए। उनले सीडीसीको नियम उल्लंघन गरेको यो पहिलो बुँदा हो।
सामाजिक दूरी

सीडीसीका अनुसार जब कुनै कार्यक्रम आयोजित गरिन्छ भने, त्यसमा सहभागी मानिसहरुबीचको दूरी कम्तिमा ६ फीट हुनुपर्छ। र खुला स्थानमा कोरोना संक्रमण फैलिने जोखिबारे पनि बिचार गर्नुपर्छ।

तर, २६ सेप्टेम्बरमा व्हाइट हाउसमा भएको एक कार्यक्रम जसमा एमी कोनी ब्यारेटलाई मनोनयन गर्दा त्यहाँ सामाजिक दुरीको धज्जी उडाइयो। यसै कार्यक्रमलाई व्हाइट हाउसमा कोरोना संक्रमण फैलिनुको कारण मानिएको छ। सो कार्यक्रमलाई सूपर स्प्रेडर इभेन्ट पनि भनिएको छ।

अथवा सो कार्यक्रममा कोरोना फैलिने जोखिम उच्च थियो। वशिंगटन डीसीको नियम अनुसार,५० जनाभन्दा धेरैको उपस्थिति हुने कार्यक्रममा प्रतिबन्ध लगाइएको छ। तर व्हाइट हाउसमा यो प्रतिबन्ध छैन। २६ सेप्टेम्बरको कार्यक्रमको भिडियो हेर्ने हो भने त्यहाँ कमै मानिसले मात्र मास्क लगाउका थिए भने सामाजिक दूरीको कुनै पालना गरिएको देखिएन। सो कार्यक्रममा सहभागी भएका धेरै कोरोना संक्रमित भएका छन्।

सेल्फ क्वारेन्टिन

सीडीसीका अनुसार, यदि कोही कोरोना पोजिटिभ हुन्छ भने, उसले अन्य मानिसबाट आफूलाई टाढा राख्नुपर्छ। तर अस्पतालमा उपचारका क्रममा पनि राष्ट्रपति डोनाल्ड ट्रम्प एक छोटो ड्राइभ यात्राका लागि निस्किए। तर यो पटक उनले मास्क लगाएका थिए। तर आलोचकहरुले ट्रम्पले यसरी तस्वीर खिँचाउन बाहिर आउनु, आफ्ना सुरक्षाकर्मीसँग सँगै हिँड्नु बिनाअर्थको रिक्स हुने बताएका छन्।

कन्ट्याक्ट ट्रेसिंग

सीडीसीका अनुसार जो मानिस कोरोना संक्रमित हुन्छन्, उनको सम्पर्कमा आएका मानिसहरुको पहिचान आवश्यक हुन्छ। किनकी उनीहरुको पनि कोरोना परीक्षण गराउन सकियोस। र कोरोना फैलिनबाट रोक्न सकियोस्।

यो स्पष्ट छैन, पहिलो बहसको राती अमेरिकी राष्ट्रपति ट्रम्प आफ्ना प्रतिद्वन्द्वी जो बाइडनबाट कति दूरीमा थिए। तर, बाइडन टिमले ट्रम्पले कोरोना संक्रमित भएकोबारे कुनै सूचना नदिएको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *