विश्वप्रसिद्ध भाषा बैज्ञानिक चम्स्कीले भने–‘केही दशकमै विश्व समाप्त हुनसक्छ’

डिसी नेपाल
२२ असोज २०७७ ७:३९

वासिंगटन डिसी।  अमेरिकी प्रसिद्ध भाषा बैज्ञानिक नोम चम्स्कीले यस्तै चाल रहिरहे संसारमा मानवजातिको अन्त्य चाँडै हुने दावी गरेका छन्। स्टार लिडरसिप फोरमको एउटा कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै चम्स्कीले अहिलेको कोरोना माहामारी एउटा सानो समस्यामात्र भएको बताए।

विश्वभरका विद्वानहरुको उपस्थिति रहेको गत शुक्रबार अमेरिकाको वासिंगटन डिसी क्षेत्रबाट आयोजित सो कार्यक्रममा चम्स्कीले विद्धान खोजकर्ताहरुले सक्रियतापूर्व अनुसन्धान नगरे अव मानव अस्तित्वका लागि केही दशकमात्र बाँकी रहनसक्ने दावी गरे।

उनले भने, ‘मानिसहरु महामारीलाई विश्वको मुख्य संकट मानिरहेका छन् तर यो भन्दा गम्भीर सकंटका रुपमा वाताबरणीय संकट आएको छ, हामीसँग केही दशकमात्र बाँकी छ, खेल खत्तम।’

उनले २ लाख वर्षको पृथ्वी र मानवजातिको इतिहासको विश्लेषण गर्दै सो कुरा बताएका हुन्। उनले दक्षिण एशिया र दक्षिण पूर्वी एशियामा चलेको परमाणु हतियारसहितको सम्भावित युद्ध र वातावरणीय संकटले यो विश्वको अन्त्य गराउन सक्ने धारणा राखेका थिए।

नेपाली मूलका प्राध्यापक डा.उत्तम गौलीको नेतृत्वमा रहेको स्टार स्कलर्स नेटवर्कद्वारा स्थापित ग्लोवल कनेक्सन्स् अवार्डलाई आफ्नो नाम प्रयोग गर्ने अनुमति पनि भाषा बैज्ञानिक चम्स्कीले दिएका छन्।

डा.गौलीका अनुसार, अव सो अवार्डको नाम ‘ए नोम नम्स्की ग्लोबल कनेक्सन्स अवार्ड’ बनाइएको छ। यो नेटवर्कले विश्वभरका अनुसन्धानकर्ताहरुलाई उनीहरुले गर्ने अनुसन्धान र त्यसको परिणामबारे सार्वजानिक धारणा बनाउने काम गर्दछ।

मानिसहरु महामारीलाई विश्वको मुख्य संकट मानिरहेका छन् तर यो भन्दा गम्भीर सकंटका रुपमा वाताबरणीय संकट आएको छ, हामीसँग केही दशकमात्र बाँकी छ, खेल खत्तम।

नेटवर्कका अध्यक्ष गौलीले चम्स्की सहभागी कार्यक्रममा भने, यो अवार्डले मानवीय सहकार्यको शक्तिलाई प्रोत्साहित गर्छ, आविष्कार र रचनात्मकतालाई महत्व दिन्छ। उनले यसको दायरा फराकिलो भएकाले यो अवार्डका लागि विभिन्न क्षेत्रका व्यक्तिहरुको मनोनयन गर्न सकिने जानकारी पनि दिए। कार्यक्रममा संसाभरका थुप्रै विद्धानहरुको सहभागिता थियो।

जसअनुसार, स्टार कम्युनिटी भारतकी निर्देशक डा. मौसमी मुखर्जी, उपाध्यक्ष डा. एडवर्ड भेल्यू, संस्थाको शिक्षा सेवाका प्रमुख डा.कृष्ण विष्टले पनि कार्यक्रममा आआफ्नो धारणा राखेका थिए।

कार्यक्रममा डा. डेर्ला डेयरड्रफ्ट, मुहम्मद उद्धिन,डा.ह्याण्डोयो विडोयो, डा.मन विक, डा. केशव भट्टराई, डा.तीर्थ खनिया, डा.ओट्गोन्जार्गल ओखिडोई, एलिना डी प्राडा, युरिको सातो, डा.खड्ग केसी, डा.क्याथरिन गोमेस, डा.केथ राइट, डा.कपिलदेव रेग्मी, मार्गरेट डेनिस, अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कार्की, डा. मार्भिन पेर्री, डा.क्रिस्टोफर ग्लास, डा.सुनिङ्ग लिऊ, रमेश सिलवाल र डा. मेदनी भण्डारीको सहभागिता थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *