सीबीआइका पूर्वनिर्देशकले आत्महत्या गरे

डिसी नेपाल
२२ असोज २०७७ ८:५२

काठमाडौं। भारतको सेन्ट्रल ब्यूरो अफ इन्भेष्टिगेसन (सीबीआइ)का पूर्व निर्देशक तथा पूर्व गभर्नर अश्विनी कुमारले आत्महत्या गरेका छन् । डेक्कन हेराल्डका अनुसार उनले बुधबार आत्महत्या गरेका हुन् । ६९ वर्षका कुमार शिमलास्थित आफ्नो घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

उनी विगत केही समयदेखि डिप्रेसनमा रहेको बताइएको छ । उनी जुलाइ २०१३ देखि डिसेम्बर २०१४ सम्म मनिपुर राज्यको गभर्नर थिए । त्यसपछि उनलाई त्यहाँबाट सरुवा गरिएको थियो । सरुवा भएपछि उनी नागाल्याण्डको गभर्नरको कार्यरत रहे । उनले २०१४ मा नरेन्द्र मोदी नेतृत्वको एनडिए सरकार सत्तामा आएपछि उनले राजीनामा दिएका थिए ।

१९७३ ब्याचका आइपिएस अफिसर कुमार २ अगष्ट २००८ मा सीबीआइको निर्देशकमा नियुक्त भएका थिए । उनले ३० नोभेम्बर २०१० मा अवकाश पाएका थिए । हिमाचल प्रदेशका पूर्व पुलिस डाइरेक्टर जनरल समेत रहेका कुमारले सीबीआइ र एलिट एसपीजीमा विभिन्न पदमा रहेर काम गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *