सुरक्षासँगै फेशन ! वालमार्टमा नेपाली डिजाइनरको फेशनेबल मास्क

डिसी नेपाल
२२ असोज २०७७ १३:१५

काठमाडौं। अमेरिकाको ठूलो व्यापारिक चेन वालमार्टमा अब नेपाली डिजाइनरको फेशनेबल उत्पादनहरु पाइने भएका छन् । पहिलो चरणमा फेशनेबल मास्क पाइने भएको छ । विश्वकै ठूलामध्येको एक मानिने बहुराष्ट्रिय खुद्रा व्यापारिक चेन वालमार्टमा सुरक्षासँगै फेशन उपलब्ध गराउने नेपाली डिजाइनर प्रबल गुरुङ हुन् । गुरुङले मास्कबाट सुरुवात गरेको भए पनि अब विस्तारै उत्पादनको विविधता थप्दै जानेछन् ।

गुरुङले वालमार्टसँग मिलेर नयाँ ब्राण्ड ‘इम्पावर’ (सशक्तिकरण) लञ्च गरेका हुन् । अनलाइन ब्यापारमा डेब्यू गर्ने क्रममा गुरुङले ल्याएका यी मास्कहरु भने समाजसेवाका लागि हुनेछन् । १४ डलर पर्ने यी मास्कहरु सेन्टर्स फर डिजिज कन्ट्रोल फाउण्डेसनलाई दिइनेछ । फाउण्डेसनको कोरोनाभाइरस इमरजेन्सी रेस्पोन्स फण्डको लागि गुरुङको डेब्यू कलेक्सन दान दिइनेछ । ‘हामीले फेसन जस्तो थियो त्यस्तै भइराख्छ भन्ने मान्नु हुँदैन । हामीले बुझ्नुपर्छ हामीले समुदाय निर्माण गर्दैछौं । हामीले अहिलेको वातावरण र भविष्यलाई समेत हेरेर काम गर्दैछौं’ गुरुङले एक अन्तरवार्तामा बताएको कुरालाई उद्धृत गर्दै अमेरिकी मिडिया वुमेन्स वेयर डेलीले लेखेको छ ।

अमेरिकामा मास्क लगाउनेहरु र मास्क नलगाउनेहरुबीच ठूलो विभाजन रहेकोप्रति सभेच गुरुङले भने ‘अहिलेको समयमा देखाउने भनेको मास्क लगाउने र आफू र आफ्नो समुदायलाई सुरक्षित राख्ने हो । यसको अर्को अर्थ जे सही हो त्यसको पक्षमा बोल्ने समेत हुन्छ । मास्क लगाउनाले तपाइँ आफ्नो स्वास्थ्य र वरिपरीको सुरक्षाप्रति संवेदनशीन हुनुहुन्छ भन्ने कुरा बाँकी विश्वलाई देखाउन सक्नुहुन्छ ।’ गुरुङले सुरुमा सीडीसी फउण्डेसनलाई ३५ हजार डलर बराबरका मास्क निःशुल्क दिनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *