अमेरिकी निर्वाचनः मतदातालाई जागरुक बनाउन नग्न भए दर्जनौं सुपरस्टारहरु

डिसी नेपाल
२२ असोज २०७७ १३:४०

काठमाडौं। अमेरिकामा आसन्न राष्ट्रपतीय निर्वाचनमा मतदातालाई मतदान गर्न प्रात्साहित गर्ने अभियान अन्तर्गत दर्जनौं स्टारहरु नग्न भएर मतदातालाई मतदान गर्न आह्वान गरेका छन् । साराह सिल्भरम्यान, क्रिस रक, टिफानी ह्याडिश, एमी स्कमर लगायत दर्जनौं स्टारहरु मतदाताको ध्यान आकर्षण गर्नको लागि नग्न भएर अगाडि आए । चेल्सी ह्याण्डलर, जोश गाड, मार्क रुफालो, केरी वाशिंटन नाओमी चापेलजस्ता चर्चित अनुहारहरु पनि यो अभियानमा सहभागी भए । डेलीमेलका अनुसार यी स्टारहरुले नग्न भएर बनाएको भिडियो क्लिपमा मतदाताहरुलाई समयमै मतदान गर्नुको महत्वबारे बताए ।

यी स्टारहरुले राज्यका खास किसिमका गाइडलाइनका बारेमा बताए । जस्तै पेन्सलभेनियामा मतपत्र राख्नको लागि एउटा होइन दुईवटा खाम चाहिन्छ । एउटा क्लिपमा साराहले सलाम गर्नको लागि हात उठाइन् जतिबेला उनी पूर्ण नग्न भएकी थिइन् । उनले आफ्नो छाती खुल्ले राखेर अमेरिकी नागरिकलाई अमेरिकालाई उनीहरुको आवश्यकता परेको बताइन् । अमेरिकामा यसपटक हुलाकमार्फत मतदान हुँदैछ त्यसैले यी स्टारहरुले मतदाताहरु नयाँ तरिकाले मतदान गर्ने क्रममा नझुक्किउन् भन्ने उद्देश्यले यो अभियान चलाइरहेका छन् ।

मतदानको दिन नोभेम्बर ३ हो तर हरेक राज्यहरुमा मतदानसम्बन्धि फरक फरक गाइडलाइन छ । उदाहरणको लागि क्यालिफोर्नियाका सबै मतदातालाई निर्वाचनको दिनको कम्तीमा २९ दिनअघि नै मतपत्र पठाइसकिएको छ । बुधबार सार्वजनिक एक रिपोर्टमा ४० लाख अमेरिकीले मतदान गरिसकेको बताइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *