एकैदिन ४३६४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९८ हजार नाघ्यो
काठमाडौं । बिहिबार देशभर ४ हजार ३६४ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका ३ हजार ४३९ संक्रमित थपिएको जानकारी दिए। नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ९८ हजार ६१७ पुगेको छ।
हालसम्म ७१ हजार ३४३ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा २ हजार ६७५ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ रहेको छ।
यस्तै आज काठमाडौं उपत्यकामा २ हजार ५४० जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार आज काठमाडौंमा २ हजार ८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जना नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५९० पुगेको छ। गत २४ घण्टामा १८ हजार ४७३ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ४ हजार ४६० जना क्वारेन्टिनमा रहेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment