अमेरिकाको निर्वाचनमा किम जोंग उनको प्रवेश, राष्ट्रपति ट्रम्पलाई भारी नोक्सान हुन सक्ने

डिसी नेपाल
२२ असोज २०७७ १७:०१

काठमाडौं। उत्तर कोरियाले १० अक्टोबरमा आफ्नो सत्ताधारी वर्कर्स पार्टीको ७५ औं स्थापना दिवस मनाउँदैछ । यो दिनलाई ऐतिहासिक बनाउने तयारी भइरहेको छ । विगत २ महिनाका स्याटेलाइट तस्वीरमा प्योंगयांगमा हजारौं सैनिक र बख्तरबन्द सैन्य वाहनहरुको गतिविधि र निर्माण कार्य देखिएको छ ।

विशेषज्ञहरुले अमेरिकामा भइरहेको राष्ट्रपति निर्वाचनलाई मध्यनजर गर्दै किम जों उन आफ्नो सैन्य शक्ति देखाएर यो मौकाको फाइदा उठाउन चाहने विश्वास गरेका छन् । यो अवसरमा उत्तर कोरियाले पनडुब्बीबाट ब्यालेस्टिक मिसाइलको परीक्षण गर्न सक्छ । उत्तर कोरिया सरकार प्रशान्त महासागर क्षेत्रमा ब्यालेस्टिक मिसाइल क्षमता भएको युद्धपोत तैनाथ गरेर हवाइ वा अन्य अमेरिकी सैन्य अड्डाहरुलाई निशानामा लिन चाहन्छ ।

यो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लागि एक किसिमको सरप्राइज हुनेछ । यससँगै यसले राष्ट्रपति ट्रम्पलाई भारी नोक्सानी पनि हुन सक्छ । किनकि अमेरिकी राष्ट्रपति ट्रम्प अहिलेसम्म किम जोंग उनलाई परमाणु निशस्त्रीकरणको लागि राजी गराउन उनीसँग तीन पटक भेटिसकेका छन् तर असफल रहेका छन् । यस्तोमा किमको शक्ति प्रदर्शनलाई ट्रम्पको असफलताको रुपमा लिइने र यसले ट्रम्पलाई चुनावमा पराजित गर्न भूमिका खेल्ने मानिएको छ । उता अमेरिकाले पनि चेतावनी दिँदै यसरी हतियार तैनाथ गर्दा तनाव बढ्ने बताएको छ ।

सियोलको ट्रायल युनिभर्सिटीमा अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक डेन प्रिक्सटनका अनुसार उत्तर कोरियाको इतिहासमा वार्षिकोत्सव निकै अहम मिति हुन्छन् । यी दिनमा उत्तर कोरियाका शासक आफ्नो नेतृत्वलाई सैन्य शक्तिको रुपमा प्रदर्शित गर्छन् । स्टयाटेलाइटबाट बचाउनको लागि अहिले यी हतियारलाई पालमा राखिएको छ । यस्तै गरी यहाँ कैयौं ग्यारेज बनाइएका छन् ।

उनी भन्छन् ‘केही संरचना यस्ता देखिएका छन् जसमा लामो दूरीको मिसाइल लञ्च गर्ने ट्रान्सपोर्टर इरेक्टर लञ्चर राखिएका छन् ।’ दक्षिण कोरियाको दक्षिणी कमाण्डका सैन्य अधिकारी वोन इन चुलका अनुसार सिन्पो शिपयार्डमा मर्मतको काम तीब्र गतिमा भइरहेको छ । यो उत्तर कोरियाका पनडुब्बीको घर हो । जब यो काम पूरा हुनेछ त्यसपछि उत्तरु कोरियाले ब्यालेस्टिक मिसाइल एसएलबीएम परीक्षण गर्न सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *