नेपालीलाई गाली गर्ने अर्नब गोस्वामी पुलिसको फन्दामा, अनुसन्धानमा गम्भीर अपराधको खुलासा

डिसी नेपाल
२२ असोज २०७७ १७:२३

काठमाडौं। सीमा विवादको विषयमा नेपालीप्रति आक्रामक रुपमा प्रस्तुत हुने भारतको रिपब्लिक टिभीका मालिक तथा सम्पादक अर्नब गोस्वामी मुम्बइ पुलिसको फन्दामा परेका छन् । मुम्बइ पुलिसका कमिश्नर परमवीर सिंहले बिहीबार एक पत्रकार सम्मेलनमा रिपब्लिक टिभीले देशको नम्बर १ च्यानल बन्नको लागि नक्कली टिआरपी पैसा तिरेर किन्ने गरेको खुलासा भएको बताएका छन् । यसरी नक्कली टिआरपीको धन्दा गर्ने २ जनालाई पक्राउ गरिएको कमिश्नर सिंहले बताए ।

मुम्बइ मिररका अनुसार अनुसन्धानका क्रममा नक्कली टिआरपी किन्ने तीन च्यानलको नाम खुलासा भएको छ । तर रिपब्लिक टिभीबाहेक अन्य च्यानलको नाम खुलाइएको छैन । अब तीनवटै च्यानलका आधिकारिक व्यक्तिलाई कानुनी नोटिस पठाएर सोधपुछका लागि बोलाइनेछ । कमिश्नर सिंहका अनुसार नक्कली टिआरपीको धन्दा चलाउने गिरोह नै सक्रिय भएको पाइएको छ । यसरी नक्कली टिआरपीको धन्दा गरेर समाचार च्यानल एक नम्बर बन्ने गरेका थिए ।

च्यानलका मालिकहरुले पैसा दिएर टिआरपी तलमाथि गराउँथे । यस्तो गर्ने २ साना च्यानलका मालिक पक्राउ परिसकेका छन् । रिपब्लिक टिभीका प्रवद्र्धक र निर्देशकविरुद्ध अनुसन्धान भइरहेको छ । कमिश्नरका अनुसार अनुसन्धानमा यस्ता कैयौं घर भेटिएका छन् जहाँ टिआरपी मिटर लगाइएको थियो । यी घरका मानिसहरुलाई पैसा दिएर २४ घण्टा एउटै च्यानल चलाउन लगाइन्थ्यो ताकि च्यानलको टिआरपी बढोस् । अनुसन्धानमा केही घर त यस्तासमेत भेटिएका छन् जो बन्द थिए तर त्यहाँ टिभी चलिरहन्थ्यो । यी घरका मानिसलाई टिआरपीको धन्दा गर्नेहरुले दैनिक ५ सयसम्म दिन्थे ।

कमिश्नरका अनुसार अहलेसम्म २ जनालाई पक्राउ गरिएको छ । उनहिरुसँग सोधपुछ भइरहेको छ । अहिलेसम्म रिपब्लिक टिभी र २ स्थानीय च्यानलको नामको खुलासा भएको छ । यी च्यानलले फर्जी टिआरपीको धन्दा गर्थे । रिपब्लिक च्यानलका निर्देशक, प्रवद्र्धकलाई कानुनी पत्र पठाएर अनुसन्धानका लागि बोलाइनेछ । यो केसको गहन रुपमा जाँच भइरहेको छ । अनुसन्धानको क्रममा अन्य नामको पनि खुलासा हुने सम्भावना छ । उनीहरु विरुद्ध पनि कारवाही गरिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *