रुपन्देहीमा कोरोनाबाट वृद्धको मृत्यु

डिसी नेपाल
२२ असोज २०७७ १९:१४

बुटवल । यहाँस्थित कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा उपचाररत एकजनाको कोरोना भाइरस सङ्क्रमणबाट आज मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिकाका ८० वर्षीय वृद्ध रहेका अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए ।

ती वृद्धमा मधुमेह, दम, ज्वरो र उच्च रक्तचापको समस्या रहेको जनाइएको छ । उनीको बुधबार कोरोना पुष्टि भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *