रोजगारीमा महामारीको प्रभाव र नेपालले लिनुपर्ने नीति

जीवनयापनका लागि रोजगारी महत्वपूर्ण पक्ष हो जसले आफू र आश्रितका लागि समेत आधार प्रदान गर्दछ। संविधानमै रोजगारी र श्रमको हकलाई मौलिक हकका रुपमा स्थापित गर्नुले रोजगारी मुलुकको महत्वपूर्ण पक्षका रुपमा स्थापित भएको छ ।

रोजगारी गुम्नुको पीडा र परिवारप्रतिको दायित्व निर्वाहमा आइलागेको परिस्थतिजन्य अकर्मण्यताले विकल्पको अनिश्चितता रहनु स्वाभाविक हो। वेरोजगारी र महामारी दुवैका कारण अनिश्चतता बढ्दै जाँदा अत्तालिएको मनस्थिति प्रष्ट देखियो यो कहरमा।

दशै आउँदाको उल्लास योपटक हतासको भावमा परिणत भएको छ। सुरक्षित रहौं, घरमै वसौं र भौतिक दूरीको प्रयोगको सार्थकता र सुरक्षाका उपायहरु अवलम्वन हुन नसक्दा चिकित्सकीय हिसावले थप जोखिमयुक्त वातावरण बन्ने सम्भावना वढ्दैछ।

संकटले धेरै विकल्पहरु ओझेलमा परेका छन् र विषाणु भाइरसले छिटो पकडमा लिने भनिएका वालक, वृद्ध र रोगी र युवा जगतसमेत जोखिमबाट पर छैनन्।

एउटा जमात जो कुनै विकल्प नै नभएर बाध्यताले आफ्नो स्थानमा खनीखोस्री गरेर भए पनि केही जोहो गर्न चाहेर गाउँ फर्कन चाहन्छ। सवारी साधन र पासको उपयोगमा रमाएर ओहोर दोहोर गर्ने जमात पनि छन्।

आवश्यकता पहिचान गर्ने काम निकै जटिल विषय हो। सर्वस्वीकार्य विषय भनेको रोजगारी आम्दानीको प्रमुख स्रोत हो। रोजगारीका अवसर खुला रहँदा मानिस आत्मनिर्भर, व्यस्त र सृजनशिल बन्दछ ।

छिमेकी मुलुक भारतमा खुला सिमानाका कारण रोजगारी तथा व्यापार व्यवसायका लागि निर्भरता र आवत जावतको गतिशिलता तथा सोही मुलुकमा अत्याधिक कोरोना संक्रमित भेटिएका कारण थप हुने संक्रमित सँभावना तथा अर्थतन्त्रमा आउनसक्ने खतरासमेत व्यवस्थापन गर्न राज्यसंयन्त्रले खाध्य र स्वास्थमा विशेष रणनीति लिनुपर्ने समय आएको छ।

त्यसो त सामान्य अवस्थामा समेत श्रम, सीप र रोजगारीका अवसरबीच तादात्म्यता कायम हुन नसकेको यथार्थता छ। उत्पादनशील क्षेत्रमा रोजगारीका अवसर पहिचान र सिर्जना गर्न विभिन्न प्रयासका वावजूद श्रमप्रतिको सम्मान अभावका कारण विदेशी श्रमिक आप्रवाह वढेको तथ्य विभिन्न दस्तावेजहरुमा उल्लेख भएका छन्।

गरिवी न्यूनीकरणसंग समेत प्रत्यक्ष सम्वन्धित रहन्छ रोजगारी। सहश्राव्दि विकास लक्षले समेत प्राथमिकतामा राखेको र पूरा हुन नसकेको लक्ष्यकोरूपमा दीगो विकास लक्षमा पनि राखिएको छ। सवै स्थान र सवै स्वरुपमा गरिवीको अन्त्यको लक्ष थप चुनौतीपूर्ण बन्दै गएको छ।

सबै नागरिकलाई उत्पादनशील र मर्यादित रोजगारीका अवसरको उपलव्धताको सोच चालू योजनाले राखेको छ। रोजगारीसँग जागिरे मानसिकतामा मात्र अल्झेका धेरैलाई जागिरभन्दा पर पनि सोच्न बाध्य बनाउँदै समयको यो कहरले आफ्नो थातथलोप्रतिको प्रेमभाव तथा खाध्यान्न उत्पादन, खाद्यान्न संरक्षणलगायतका स्थानीय अवसरको खोजी गर्न प्रेरणा दिएको छ।

समाज मनोविज्ञानको यो चरणमा केही हदसम्म भएपनि प्रवृत्ति परिवर्तनको मनस्थिति जो ग्रामिण अर्थतन्त्र उकास्ने अवसर पनि हो भनी विश्लेषण समेत गर्न थालिएको छ।

आप्रवासन दीर्घकालीनरुपमा व्यवस्थित बनाउने रणनीति समेत बन्न सक्दछ यदि सबै तहका सरकारले समयमै ध्यान दिन सकेमा। सामाजिक–साँस्कृतिक सोच र व्यवहार नै परिवर्तनका संवाहक हुन्।

अर्थतन्त्रको उथलपुथलको यो समयमा सकारात्मक मानसिकता निर्माण गर्दै सम्भावना खोजी गर्न ज्ञान, सीप तथा स्रोत र प्रविधिमा सहकार्य निर्माणको समय पनि हो यो।

भनिन्छ संकटका घडीमा सवैको परीक्षा हुन्छ। समाजप्रतिको दायित्वबोधले कर्तव्य निर्वाहमा खेल्नु पर्ने भूमिकामा सुरक्षाका उपकरणहरुको अभावमा खटिनु परेको र कतिपय नियम उल्लंघनका मानसिकता सम्हाल्न पर्ने अवस्थाले थप समस्या सृजना गरेको छ।

पारिवारिक समस्या थाति राख्दै नागरिक स्वास्थ र सुरक्षाप्रतिको सचेतता तथा कर्तव्य निर्वाहका लागि खटिनेहरुमा साधुबाद भन्नै पर्दछ। केही स्थानमा यसरी अग्रपंक्तिमा खटिनेप्रति नागरिकका तर्फबाट सार्वजनिकरुपमै सम्मान देखाउनु समाजको सकारात्मक पाटो हो। विगतका केही अष्पष्टता क्रमश व्यवस्थापन हुँदै गएको छ।

रोजगार र मानसिकताका केही प्रसंग हेरौः जागिर गुमाएका कारण जीवनयापन कठिन भएको, प्राथमिकतासाथ खतरा मोलेरै भएपनि सेवा पुर्याएको, रोजगार सम्वद्ध केही व्यक्तिहरुले पारिवारिक निकटता वढाउने अवसरका रुपमा उपयोग गरेका, कतिपयले आफू कार्यरत सस्थबाट आँशिकरुपमै तलव पाए पनि वाध्यताका वीच कठिन समयमा कुनै योगदान गर्न सकिएन भनी पिरोलिएको अवस्था रह्यो।

संकटको यो समयमा संयम र अनुशासनमा सवै सजग रहनपर्दछ । नैतिक मूल्य मान्यता स्खलित हुन नदिन सवैमा सकारात्मक सोंच चाहिन्छ । लकडाउनमा आएका केही समाचारले समाजमा नैतिक मूल्य मान्यता स्खलित भएको उदाहरण पेश भएका छन्। जोखिम र संकटमा परेकाका लागि सच्चा मनले व्यवस्थापन गर्न तथा स्थितिको भयावह न्यून गर्न व्यवस्थापकीय क्षमताका साथसाथै नागरिकमा समेत जिम्मेवारीबोध अनि सुरक्षासजगताको भाव रहन पर्दछ ।

निजामती तथा संघ संस्थाका कर्मचारी सरकारले प्रयोग गर्न सकेन भनी आलोचना आएकाले सम्वोधन गर्ने हेतु सरकारले कर्मचारीलाई नियमित उपस्थितिसहित सेवा प्रवाह सुचारुको वातावरण वनाउन पर्यो भने व्यापार व्यवसाय धेरै हदसम्म खुकुलो वनाउदै लानु परेको थियो।

यी सवैका वीच सिँहदरवारभित्रै समेत कर्मचारी सँक्रमित हुँदा लकडाउनको मोडालिटी र परिस्थिति विश्लेषणका बीच सामन्जस्य देखिएन भन्ने मतसमेत रहेको छ। प्रविधिको प्रयोग गरी घरमै अनलाइनबाट काम गरेर वा प्रतिवेदन गर्ने र कतिपय महत्वपूर्ण वैठकहरु समेत भर्चुएल सम्पन्न भएकाले प्रविधिमैत्री व्यवहार उल्लेख्य रह्यो।

कतिपयले स्थानीय कच्चा पदार्थको उपयोग गरी सृजनशिलता मार्फत सकृय वनाउदै अल्पकालीन रुपमा रोजगारीको व्यवस्थापन र कसैले अल्छी भइयो भन्दै निराशा व्यक्त गरेका विषय सामाजिक संजालमा देखिदा यी पक्षको मूल्यांकनमा आआफ्नो तर्क रहला। अत्यावश्यक काममा वाहेक बाहिर ननिस्कन र आफैले सचेतता अपनाउन सरकारको निर्देशन पनि छदै थियो।

विश्व जगत नै आर्थिक संकट तथा महामारीका कारण आपूर्ति संकटमा फसेको वर्तमान परिप्रेक्ष्यमा आगामी दिनमा उत्पादनशिल रोजगारी कसरी प्रवर्द्धन गर्ने सोचनीय विषय भएको छ।

धेरै हदसम्म रेमिटेन्सले धानेको हाम्रो अर्थतन्त्रमा अवका दिनमा रोजगारविमुख भएर फर्केकाहरुको स्वदेशमै व्यवस्थापनगर्नु पर्ने अवस्था एकातिर रह्यो भने योगदानको हिस्सा पनि न्यून हुने देखियो।

विश्व नै संक्रमणबट प्रभावित हुदा विदेशमा नेपालीको रोजगारी गुम्ने लगायत ज्याला कटौतिका कारण विप्रेषणमा गिरावट आउने सम्भावना प्रवल देखियो।

त्यस्तै, छिमेकी मुलुक भारतमा खुला सिमानाका कारण रोजगारी तथा व्यापार व्यवसायका लागि निर्भरता र आवत जावतको गतिशिलता तथा सोही मुलुकमा अत्याधिक कोरोना संक्रमित भेटिएका कारण थप हुने संक्रमित सँभावना तथा अर्थतन्त्रमा आउनसक्ने खतरासमेत व्यवस्थापन गर्न राज्यसंयन्त्रले खाध्य र स्वास्थमा विशेष रणनीति लिनुपर्ने समय आएको छ।

तथ्यांकका अनुसार नेपालमै संभावना उपयोगका लागि अन्य कारणका साथै युवाहरुको विदेश मोह तथा शहरतर्फको आकर्षणले जनशक्तिकै अभावमा समेत अपेक्षित सदुपयोग गर्न नसकेको अवस्था थियो।

आइपर्नसक्ने खाध्य संकटको पिरलोले र लामो समयसम्मको निस्कृयताले सवैमा कृषिप्रतिको कर्मभावको महत्व बढाएको छ। खाध्य व्यवस्थापन र कृषि उत्पादन एक अर्काका परिपूरक हुन्। खाद्य असुरक्षा अनुभवको मापनमा अव यो संख्या प्रक्षेपणको तुलनामा लकडाउन प्रभावका कारण निकै वढ्ने देखिन्छ।

राजनीतिक सुझवुझ तथा प्रशासनिक निकायका परिपक्वता तथा संकटमा समयमा खेल्नपर्ने भूमिका तथा सवल वातावरण निर्माण बिर्सन नहुने पक्ष हुन्। संस्थागतरुपमा वा व्यक्तिगतरुपमा जिम्मेवार कर्तव्यनिष्ठ र उत्तरदायी भावना जागृत गर्दै नकारात्मक सूचना संप्रेषण न्यून गर्नुपर्दछ। निजी क्षेत्रको योगदान र सहकार्य यसघडीमा अपरिहार्य छ।

आत्मनिर्भरताका लागि प्रेरणा, आत्मजागृति र प्रविधिको संयोजनले ग्रामिण अर्थतन्त्र उकास्न लकडाउनले दिएको अवसर पनि हो यो। कृषक मल नपाएर छटपटिनु पर्नेजस्ता अवस्थाप्रतिको सजगताबोध भने नेतृत्वमा रहनु पर्दछ।

हरेक घटनाका पछाडि कारण, अवसर, गति, सुधारको गुन्जायस र समयसिमा रहेका हुन्छन्। अत आशा गरौं सुरक्षा सचेतनासहितका हाम्रा विविध कृयाकलापले चाडै नै यो समस्याबाट बाहिर आउन सकिनेछ।

आत्मनिर्भरताको पाठ विभिन्न समयका विपद्ले पनि सिकाएको छ। हाल युवा जनशक्ति पनि उपलव्ध भएको सन्दर्भमा उत्पादकत्व अभिवृद्धिमा रोजगारी र आम्दानी वढाउदै लान सकिनेछ।

सामाजिक, आर्थिक र मानवीय जोखिमको विश्लेषण गरी आन्तरिक रोजगारी सिर्जना तथा बैदेशिक रोजगारी निरुत्साहन गर्न पन्ध्रौ योजनाले पनि विभिन्न रणनीतिहरु तय गरेको छ। तीन तहका सरकारका बीच रोजगारी निर्माण र श्रम व्यवस्थापनमा प्रभावकारी समन्वय गर्ने रणनीति पनि त्यत्तिकै महत्वपूर्ण छ।

विकसित भनिएका मुलुकसमेत हाल संक्रमणका प्रभावले थलिएका छन्। रोजगारका सिलसिलामा त्यहाँ रहेका नेपालीका परिवारले भोगेको पिडावोध पनि मनन् गर्दै त्यतातर्फ समेत ध्यान दिनुपर्ने अवस्था छ।

संक्रमित संख्या नवढोस् भन्ने ध्येयले भीडभाड नगर्न तथा अत्यावश्यकरुपमा मात्र वाहिर निस्कन विज्ञहरुले सुझाएका छन् । सरकारले नागरिकको जीवन रक्षा तथा सहजताका लागि प्रयास गर्दागर्दै पनि नेपालमा संक्रमण ठूलो संख्यामा रहनु चिन्ताको विषय हो।

संकटको यो समयमा संयम र अनुशासनमा सवै सजग रहनपर्दछ । नैतिक मूल्य मान्यता स्खलित हुन नदिन सवैमा सकारात्मक सोंच चाहिन्छ । लकडाउनमा आएका केही समाचारले समाजमा नैतिक मूल्य मान्यता स्खलित भएको उदाहरण पेश भएका छन्।

जोखिम र संकटमा परेकाका लागि सच्चा मनले व्यवस्थापन गर्न तथा स्थितिको भयावह न्यून गर्न व्यवस्थापकीय क्षमताका साथसाथै नागरिकमा समेत जिम्मेवारीबोध अनि सुरक्षासजगताको भाव रहन पर्दछ।

विविधताको उपयोग गर्दै आगामी दिनमा आर्थिक विकासमा नया ढंगले वातावरण तयार गर्न सकेमा उत्पादनशील क्षेत्रमा रोजगारीको अवसर सृजना हुने कुरामा समेत आशाबादी वन्न सकिन्छ।

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो