कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, मृत्यु हुनेको संख्या ६ सय
काठमाडौं । शुक्रबार देशभर २ हजार ५९ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका २ हजार ५९ संक्रमित थपिएको जानकारी दिए। नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख ६७६ पुगेको छ।
हालसम्म ७३ हजार २३ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा १ हजार ६८० जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ।
यस्तै आज काठमाडौं उपत्यकामा १ हजार ४०९ जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार आज काठमाडौंमा १ हजार ११६, ललितपुरमा १६३ र भक्तपुरमा १३० जना नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १० जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ। गत २४ घण्टामा १३ हजार २७९ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ४ हजार ७०३ जना क्वारेन्टिनमा रहेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment