बाँकेमा कोरोनाबाट वृद्धको मृत्यु

डिसी नेपाल
२३ असोज २०७७ १७:४३

नेपालगञ्ज, । बाँकेमा थप एक जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका वडा नं १ का ८५ वर्षीया वृद्ध रहेकी कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

ती वृद्धलाई स्वास्थ्यमा समस्या भएपछि यही असोज २१ गते भेरी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था जटिल बनिसकेकाले उनीलाई बचाउन नसकिएको स्रोत व्यक्ति श्रेष्ठले बताए ।

जिल्लामा यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २३ जना पुगेको छ । यसैबीच, जिल्लामा आज थप २४ जना सङ्क्रमित निको भइ घर फर्किएका छन् । जिल्लाका विभिन्न आइसोलेशनमा रहेका ६ महिला १८ पुरुष निको भइ घर फर्किएका हुन् । योसँगै बाँकेमा सङ्क्रमण निको हुनेको सङ्ख्या एक हजार ७६२ जना पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *