सिसाजस्तै पारदर्शी काठ ! सिसाभन्दा ५ गुणा गर्मी झेल्न सक्छ, खसेर फुट्दैन

डिसी नेपाल
२४ असोज २०७७ ९:४४

काठमाडौं। अमेरिकी वैज्ञानिकहरुले पारदर्शी काठ विकसित गरेका छन् । यसले झ्यालमा प्रयोग गरिने सिसाको स्थान पनि लिन सक्छ । यसलाई बाल्सा प्रजातिको रुखको काठबाट तयार गरिएको हो । यो पारदर्शी काठ तयार गर्ने वैज्ञानिकहरुका अनुसार यसले सिसाको तुलनामा ५ गुणा धेरै गर्मी झेल्न सक्छ ।

डेलीमेलका अनुसार यो काठलाई अमेरिकाको मेरिल्याण्ड र कोलोराडो युनिभर्सिटीले मिलेर बनाएका हुन् । वैज्ञानिकहरुका अनुसार यो सिसाको विकल्पको रुपमा प्रयोग गर्न सकिन्छ र यसले सिसा उत्पादन गर्ने क्रममा हुने कार्बन उत्सर्जनलाई समेत घटाउन सकिन्छ । सिसा उत्पादन गर्ने क्रममा हरेक वर्ष २५ हजार टन कार्बन उत्सर्जन हुन्छ र यो निकै खतरनाक हो ।

बाल्साका रुखहरु दक्षिणी र मध्य अमेरिकामा प्रशस्तै पाइन्छन् । पारदर्शी काठ विकसित गर्ने क्रममा वैज्ञानिकहरुको टिमले यो रुखको काठलाई अक्सिडाइजिङ बाथमा राखे । यो एक प्रकारको ब्लिचिङ घोल थियो । यस्तो यसकारण गरियो ताकि काठमा भएका प्रकाश सोस्ने तत्वहरु नष्ट होउन् । काठको हरेक भाग ब्लिचमा डुबेपछि त्यो काठको वारपार देखिन सक्ने भयो । त्यसपछि यसमा पोलिभिनाइल अल्कोहल पोलिमर मिलाइयो । यसबाट यो काठ पूर्ण रुपमा पारदर्शी काठमा परिणत भयो । पछि यसलाई थप सफा गरियो ।

वैज्ञानिकहरुका अनुसार यो पारदर्शी काठ सीसाजस्तै फुटेर टुक्रा टुक्रा भएर छरिने छैन बरु यो भुइँमा खसेको अवस्थामा मोडिनेछ । यो काठले ग्रीनहाउस ग्यासको ऊर्जा नष्ट हुनबाट रोक्न्ेछ । यो काठको प्रयोग बढेको अवस्थामा सीसाको उत्पादनका कारण हुने कार्बन उत्सर्जनमा कमी आउनेछ । यसबाट जलवायु परिवर्तनको खराब असरलाई कम गर्न सकिनेछ ।

पारदर्शी काठ बलाउनको लागि वैज्ञानिकहरुले बाल्साकै काठ रोज्नुको पछाडिको कारणबारे पनि बताएका छन् । वैज्ञानिकका अनुसार यो रुखले सूर्यको प्रकाश तुलनात्मक रुपमा बढी सोस्छ । त्यसैले यो छिटो बढ्छ । यसअघि पनि पारदर्शी काठ बनाइएको थियो तर अहिले भएको प्रयोगपछि बनेको काठ अहिलेसम्मकै सबैभन्दा पारदर्शी काठ हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *