प्रधानमन्त्रीले सोमबारदेखि मदिरा पसल अनिवार्य बन्द गर्न आदेश दिएपछि सडकमा यस्तो देखियो

डिसी नेपाल
२४ असोज २०७७ १७:५७

काठमाडौं। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सोमबारदेखि पब र बारहरु अनिवार्य बन्द गर्नुपर्ने निर्देशन जारी गरेपछि नटिंघममा मदिराले मस्त बेलायतीहरु ठूलो संख्यामा बाहिर देखिए । सोमबारदेखि बारहरु बन्द हुने भएपछि उनीहरु यो सप्ताहान्तको ‘अन्तिम ड्रिंक’को मजा लिन बाहिर निस्किएका थिए । उनीहरुले रातको १० बजे कर्फ्यू लागू हुनुभन्दा पहिल्यै आफ्नो अन्तिम रमाइलो मनाउने सोच बनाएका थिए ।

नटिंघम शुक्रबार इङल्याण्डको नयाँ कोरोनाभाइरस हटस्पटको रुपमा देखिएको थियो जहाँ १ हप्तामा २ हजार २९४ नयाँ केस थपिएका थिए । यहाँ संक्रमण दर बढेर हरेक १ लाख जनामा ७६० जना संक्रमित भएको अवस्थामा पुगेको छ । यो २ हप्ता अघिको संक्रमितको अनुपात भन्दा सात गुणा बढी हो । प्रधानमन्त्री जोनसनको नयाँ योजना आएसँगै यहाँका युवाहरु बार र पबहरु बन्द हुने त्रासमा छन् । म्यान्चेस्टर, लिभरपुल र न्यूक्यासलमा पनि पब र बारहरु बन्द गर्न आदेश दिइएको छ । बेलायती अखबार द सनले खिचेका तस्वीरहरुमा हेर्नुस् बेलायतीहरु अन्तिम ड्रिंकको मजा लिन यसरी निस्किए –




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *