मुसहर समुदायबाट दलित अधिकारकर्मी महरा सम्मानित

डिसी नेपाल
२६ असोज २०७७ १५:२८

सिरहा । सिरहा जिल्ला कल्याणपुर १ का लामो समयदेखी दलित आन्दोलनमा सकृय रहँदै आएका संजय महरा सम्मानित भएका छन्। मिर्चैया ३ बकथलवामा जनकल्याण मुसहर एकता सेवा समाज नेपालद्धारा स्वागत तथा सम्मान समारोह आयोजनागरिे आईतवार दलित अधिकारकर्मी संजय महरालाई सम्मान गरेको हो ।

दलित अधिकारकर्मी संजय महरालाई नेहा सदाकी बुवाले खादा लगाई सम्मान गरिएको छ भने नेहा सदाले अविर समेत लगाएका थिए ।

दलित अधिकारकर्मी संजय महरा विगत एक दशक देखी मधेशी दलित आन्दोलन, हक अधिकार तथा समाजिक न्यायका क्षेत्रमा कृयाशिल रहेका छन् । मधेशमा अतिनै पछाडिपारिएका दलित समुदायको जनचेतना स्तर उठाउनका लागि अहोरात्र कृयाशिल रहेका छन् ।

अधिकारकर्मी महराले मधेशमा भईरहेको जातिय छुवाछुत, हत्या, हिंसा, बलात्कार तथा जातिय विभेदविरुद्ध आवाजउठाउदै आईरहका छन् । अधिकारकर्मी महराले समाजमा भईरहेको विभेद तथा असमानता अन्त्यकालागि दलितहरुलाई संगठित गर्दै न्यायकालागि आन्दोलन गरिदै आईरहका पनि छन् ।

मधेशमा दलितहरुको बलात्कार तथा हत्याका अपराधिलाई कारवाहिका निम्ती संघर्ष समेत गर्दै आन्दोलनको सिरहा लगायत प्रदेश नम्बर दुईमा अगुवाई गरिरहेको छन् ।दलित अधिकारकर्मी संजय महरा दलित जागरण केन्द्र नेपालका सचिव समेत रहेका छन् । संस्थामार्फत दलितहरुलाई जनचेतना तथा हक अधिकारकालािग विभिन्नकार्य गरिरहेको छन् ।

उनले सिरहा जिल्लाको मिर्चैया ३ बकथल्वाका ११ वर्षीया नेहा सदाको आँखाको उपचारमा सहयोगमा अग्रणि भुमीका निर्वाह गरेका थिए । नेहा सदाको काठमाण्डौको तिलगंगा अस्पतालमा आखाँको अपरेशनमा आर्थीक सहायोग संकलनमा समाजिक संजाल मार्फत सहयोग जुटाएको र सहयोग समेत संजय महराले गरेका थिए ।

संजय महरालगायतका सहयोगि हातहरुको सहयोगले नेहा सदाको उपचारको लागि १ लाख ६३ हजार रकम संकलन भएको छ । नेहा सदा र उनको बुवा भोला सदा उपचार सफलपश्चात आफनो घर दुईहप्ता पछि घरफर्केका छन।

जनकल्याण मुसहर एकता सेवा समाज नेपालद्धारा स्वागत तथा सम्मान समारोह कार्यक्रमको अध्यक्षता शिव सदाले गरेका थिए । सम्मान समाहरोह कार्यक्रममा लामो समय देखी मुसहर समुदायको सर्वाङ्गीक विकासका लागि कृयाशिल तथा भोर संस्थाका अध्यक्ष पाँचुलाल माझीको विशिष्ट आतिथ्य रहेको थियो । अध्यक्ष पाँचु माझीले नेहा सदाको उपचारको लागि सहयोगी हाथहरुलाई धन्यवाद प्रकट गरेका थिए ।

पाँचुमाझीले मनतव्यमा मुसहर समुदायको समस्यालाई मात्रे हैन सम्मपूर्ण दलितको समस्याका लागि काम गरिरहने समते बताए । ऋषिकुल समाजका सचिव धनिर सदाले समेत सहयोगि हाथहरुलाई धन्यवाद प्रकट गरका थिए। कार्यक्रममा जनकल्याण मुसहर एकता सेवा समाज नेपालका अध्यक्ष राजेन्द्र सदाले समेत मनतव्य राखेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *