एकैदिन ४ हजार ४७ जनामा कोरोना पुष्टि

डिसी नेपाल
२६ असोज २०७७ १६:२५

काठमाडौं । सोमबार देशभर ४ हजार ४७ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका ४ हजार ४७ संक्रमित थपिएको जानकारी दिए। नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख ११ हजार ८०२ पुगेको छ।

हालसम्म ७७ हजार २७७ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा १ हजार ४७३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० रहेको छ।

यस्तै आज काठमाडौं उपत्यकामा २ हजार २८३ जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार आज काठमाडौंमा १ हजार ८८८ , ललितपुरमा २७७ र भक्तपुरमा ११८ जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६४५ पुगेको छ। गत २४ घण्टामा १४ हजार ५३० जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ४ हजार ८३१ जना क्वारेन्टिनमा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *