श्रीमतीलाई झुक्याएर अर्कै केटीसँग बिहे गरिरहेका बेला छोराछोरी लिएर श्रीमती आएपछि…

डिसी नेपाल
२८ असोज २०७७ १४:५६

काठमाडौं। श्रीमतीलाई झुक्याएर अर्कै केटीसँग बिहे गरिरहेका बेला अचानक छोराछोरीसहित श्रमिती आएपछि एक युवक ठूलो आपतमा परे । बिहे चलिरहेका बेला ती बेहुलाकी श्रीमतीले बेहुलामाथि आफ्नो दावी गरेपछि त्यहाँ हंगामा भयो । बताइएअनुसार जुन युवकको विवाह भइरहेको थियो उनले आफ्नी श्रीमतीलाई आफू अफिसको कामको लागि शहरबाहिर जान लागेको बताएका थिए । तर, उनी श्रीमतीलाई ढाँटेर अर्की महिलासँग विवाह गर्न गए ।

उनी श्रीमतीलाई ढाँटेर अर्कीसँग बिहे गर्न गएका थिए तर छिमेकीहरुबाट श्रीमतीले आफ्ना श्रीमान अर्कैसँग बिहे गर्न गएको थाहा पाइन् । त्यसपछि उनी सिधै विवाहस्थल पुगिन् । उनी पुगेपछि त्यहाँ निकै हंगामा भयो । डेलीमेलको रिपोर्टअनुसार यो घटना अफ्रिकी देश जाम्यिाको राजधानी लुसाकामा भएको हो । दोसे पटक बिहे गर्ने प्रयास गरिरहेका युवकको नाम अब्राहम मुयुंडा हो । उनी श्रीमतीलाई ढाँटेर चर्चमा बिहे गर्न पुगेका थिए ।

ती महिलाले बेहुला आफ्नो श्रीमान भएको दावी गर्दै बिहे रोक्न माग गरेपछि त्यहाँ पुगेका पाहुनाहरु पनि अलमल्ल परे । ती महिलाले आफूहरुको सम्बनधविच्छेद नभएको र आफूहरुको झगडा पनि नभएको बताइन् । स्थानीय मिडियाका अनुसार घटनापछि बेहुलालाई पुलिस स्टेसन लगिएको थियो । अहिले बिहे गर्न लागेकी बेहुलीलाई बेहुला पहिलेदेखि विवाहित भएको थाहा भएको र जानीनाजी विवाह गर्न लागेको पनि बताइएको छ । एउटा विवाह अनत्य नगरी अर्को विवाह गरेमा जाम्बियामा ७ वर्षसम्म जेल सजाय हुन सक्ने कानुन छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *