लोकसेवा आयोगको विज्ञापन रोक्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ। लोकसेवा आयोगको विज्ञापन रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। आयोगले यसअघि सूचना प्रकाशित गरेर कोरोना संक्रमित व्यक्तिलाई परीक्षमा राख्न नसकिने जनाएको थियो। आयोगको सो निर्णयविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी हो।
आयोगले मिति २०७७ असोज २९ गतेका लागि प्रकाशित गरेको नेपाल विविध सेवा समूहअन्तर्गत राजपत्राङ्कित प्रथम श्रेणी तहको सूचना प्रविधि विज्ञ पदको लागि आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्तिका लागि गरेको विज्ञापन रोक्न अन्तरिम आदेश जारी गरेको हो।
यसरी लिखितमा नाम निस्केनेमध्येका एक जना प्रतिस्पर्धी रमेशराज सुवेदी कोरोना संक्रमित भए। कोरोना संक्रमित भएर आइसोलेनमा बसेको समयमा लोकसेवाले नयाँ परीक्षाको सूचना जारी गरेपछि उनी सर्वोच्च पुगेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment