सर्लाही जिल्ला प्रहरी कार्यालयमा स्थानीयको ढुंगामुढा, डीएसपीसहित २२ प्रहरी घाइते

डिसी नेपाल
२८ असोज २०७७ १७:२७

काठमाडौं । सर्लाहीमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप हुँदा दुई डीएसपीसहित २२ प्रहरी र स्थानीय बासिन्दाहरु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय घेराउ गर्न गएका स्थानीय समूह र प्रहरीबीच झडप हुँदा दुई स्थानीयले प्रहार गरेको ढुंगा लागेर प्रहरी घाईते भएका हुन्। झडपका क्रममा केही प्रहरी र स्थानीय घाइते भएको दुई नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ। एक दलित व्यक्तिको हत्याको विषयलाई लिएर नाराबाजी गर्दै गएको समूहले प्रहरी कार्यालयमा ढुंगामुढा गर्दा झडप भएको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।

रामनगर गाउँपालिका ७ का ६० वर्षीय महेन्द्र राम गतसाता स्थानीयबीचको झगडामा मारिएका थिए । सोही विषयलाई लिएर स्थानीय बासिन्दा जिल्ला प्रहरी कार्यालय घेराउ गर्न गएका थिए ।

प्रहरीले घटनामा संलग्न तीनजनालाई घटना भएकै दिन पक्राउ गरेको भएपनि प्रदर्शनकारीले अन्य पनि संलग्न भएको भन्दै प्रदर्शन गरेका हुन् ।

यस्तै मृतकलाई शहीद घोषणा र १० लाख रुपैयाँ क्षतिपूर्तिको माग गरेका छन् । स्थानीय बासिन्दाले प्रहार गरेको ढुंगा लागेर दुई जना डीएसपीसहित २२ जना प्रहरी घाइते भएका छन् ।

उनीहरुको हात खुट्टामा चोट लागेको छ । यस्तै प्रहरीले दुई जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । प्रदेश २ प्रहरी कार्यालयका डीआइजी धिरजप्रताप सिंहका अनुसार अहिले स्थितिलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *