अर्मेनिया–अजरबैजान युद्ध १८ औं दिन पनि जारी, आउन सक्छ नयाँ मोड

डिसी नेपाल
२८ असोज २०७७ २१:०७

बाकु (एजेन्सी)। नार्गोभ कारबाख क्षेत्रलाई लिएर अजरबैजान र अर्मेनियाबीच शुरु भएको युद्ध बुधबार १८ औं दिन पनि जारी रहेको छ। अझ युद्ध चर्केको छ। अन्तर्राष्ट्रिय समूदायले शान्ति अपील गरे पनि दुबै मुलुक निरन्तर युद्धमा होमिएका छन्।

अझ मंगलबार राती अजरबैजानले अर्मेनियामा मिसाइल आक्रमण गरेपछि यो युद्धमा नयाँ मोड आउन सक्ने अन्तर्राष्यि समाचार माध्यमहरुले जनाएका छन्। आधिकारिक रुपम नोर्गाभ काराबाख अजरबैजानको भूमि भए पनि अर्मेनियाले कब्जा गरेको छ। आफ्नो भूमि फिर्ता लिन भन्दै अजरबैजानले सैन्य कारबाही अगाडि बढाएको छ।

तर, मंगलबार अजरबैजानले नोर्गोभ काराबाख क्षेत्रभन्दा टाढा अर्मेनियामा आक्रमण गरेको छ। यो आक्रमणको दुबै मुलुकले पुष्टि गरेका छन्। अजरबैजानले आफ्नो एक शहरमा टार्गेट गरेर लञ्च गर्न लागिएको मिसाईल नष्ट गरिएको बताएको छ भने अर्मेनियाले अजरबैजानको कुनै पनि शहरमा आक्रमण नगरिएको बताएको छ।

युद्ध अब नोर्गोभ काराबाख क्षेत्रमा सिमित नभएर पुरै सीमामा फैलिन सक्ने विश्लेषण गरिएको छ। त्यसो भएमा अर्मेनियाको समर्थनमा रुस युद्धमा होमिन सक्ने अवस्था आउने विश्लेषण गरिएको छ। अर्मेनिया र रुसबीच सैन्य गठबन्धन सन्धि भएको छ। त्यसो त अजरबैजानसँग पनि रुसको राम्रो सम्बन्ध छ।

तर, युद्ध नोर्गोभ काराबाख क्षेत्रमा सिमित नभएमा रुस सन्धिअनुसार अर्मेनियाको सुरक्षामा युद्धमा होमिन सक्ने अवस्था आउन सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। उता टर्की अजरबैजानको समर्थनमा छ। टर्कीले अजरबैजानलाई सबै प्रकारको सहयोग गर्न तयाार रहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *