कोरोनाका संक्रमितलाई हौसला प्रदान गर्ने गरेकी छु : वडाध्यक्ष सापकोटा

डिसी नेपाल
२९ असोज २०७७ १०:५९

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले नेपालमा पनि आफ्नो क्षेत्र फराकिलो बनाउँदै गएको छ। पछिल्लो समय नेपालका अन्य ठाउँको तुलनामा काठमाडाैं  उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दो देखिन्छ। विगत ८ महिनाबाट कोरोना प्रभावित रहेको नेपालमा सुरुका समयमा लकडाउन गरिएको थियो तर अहिले मुलुकभर लकडाउन खुलाइएको छ।

यस महामारीमा स्थानीय सरकारले कस्तो भूमिका खिलिरहेका छ्न? काठमा डाैंमहानगरपालिका वडा नं. १४ कि वडा अध्यक्ष शाेभा सापकोटासँग कोरोनाको अवस्था, असर, स्थिति र वडाले कोरोना सँग जुध्नको लागि चालेको कदममा केन्द्रित डिसी नेपालले गरेको कुराकानी।

कोरोना अथवा लकडाउनको सुरुका दिनमा वडाबाट के कस्ता काम भयो?

गत चैत ११ गतेको लकडाउनपछि हामीले बिश्व स्वास्थ्य संगठन, नेपाल सरकार र काठमाडाैं महानगरपालिकाबाट जारी भएका मापदण्ड र निर्देशनहरुलाई कडाइका साथ लागु ग-याैं। कोरोना के हो? कसरी फैलिन्छ? रोकथाम, नियन्त्रण र उपचारका बारेमा विज्ञहरुबाट प्रशिक्षण तथा अन्तक्रिया कार्यक्रम संचालन ग-यौँं।

जनस्तरमा नै पुगेर मास्क लगाउने, साबुन पानीले हात धुने, भौतिक दूरी कायम गर्ने तरिका सिकायौँ।  दैनिक जसो माईकिङ गर्ने, किटाणु नाशक आौषधि स्प्रे गर्ने कार्य ग-यौँ। दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक बर्ग, अपाङ्ग, बिद्यार्थी र लक्षित बर्गलाई करिब १० हजार परिवारलाई राहत बितरण ग-याैं। वडा कार्यालयको समन्वयमा विभिन्न संघ संस्थाहरुबाट बिभिन्न टोलमा खानाका मेसहरु संचालन भएका थिए। स्थिति नियन्त्रण मानै थियोे।

अहिले भयावह कसरी भयो?

जब लकडाउन खुकुलो गरियो देश बिदेशबाट उपत्यका प्रबेश गर्नेहरुको संख्या बढेसगै कोरोना संक्रमितको संख्या पनि ह्वात्तै बढ्यो। श्रावण २६ गतेसम्म १४ वडामा कोरोना संक्रमितको संख्या जम्मा २० जना थियोे । कोरोना सक्रमणको अबस्था कहालिलाग्दो देखिन थालेपछि हामीले श्रावण २७ गतेबाट नै वडालाई सिलबन्दि ग¥याँै। वडा कार्यालय बन्द ग-यौँ ।

अति आबश्यक काम घरबाट नै ग-यौँ। सबैप्रकारका पसलहरु, होटलहरु आवत जावत पूर्ण त बन्द ग-याैं । भाद्र ४गतेबाट उपत्यका भरिनै निषेधाज्ञा र कफ्र्यू जारी गरियो । भाद्र २१गतेसम्म सक्रमित सख्या १७१ थियोे। फलफूल, सागसब्जि, खाद्यान्न आयात हुने गाडिबाट चालक, सहचालक सहित धेरै मानिसको ओईरो लाग्यो। यसको नियन्त्रणकोलागि स्थानीय स्तरबाट हुन सक्ने प्रयास गरियो। मानिसहरुको आउजाउ बढेसँगै अनियन्त्रित हुन पुगेको संक्रमणलाई न्युनिकरण गर्न हामीले धेरै काम ग-यौँ।

कोरोना संक्रमण रोकथाम, नियन्त्रण र न्यूनिकरणकोलागि सबै भन्दा बढि काम भएको भनी चर्चामा आउनु भएको तपाईंँको वडा कार्यालयबाट के के काम गरियो के कस्ता प्रयास भए?

बिश्वब्यापी महामारीको रुप लिएको कोरोना भाइरसलाई परास्त गर्न हामी युद्ध स्तरमा नै लाग्नु पर्दछ, जनआन्दोलनमा जस्तै जनसमुदायको व्यापक सहभागिता हुनु पर्दछ भन्ने लाग्यो। स्थानीय उपभोक्ता समितीहरु, महिला समूहहरु, युवा समूहहरु, क्लवहरु, सामाजिक संस्थाहरुलाई आह्वान ग-यौँ। सबैले सहभागिता जनाउनु भयो।

हामीहरु टोल टोलमा गल्ली गल्लीमा गयौँ। मास्कको प्रयोग, भौतिक दूरी, स्यानिटाईजर्स, साबुनपानीले हात धुने, घरमा बस्ने, अति आबश्यक काममा पनि मापदण्ड पालना गरेर मात्र बाहिर निस्कने जस्ता कुराहरु प्रचारप्रसार ग-यौँ। सक्रमित ब्यक्तिको संपर्कमा आएकाहरुको खोज तलास ग-यौँ।

पिसिआर टेषटको लागि वडामा क्याम्प खडा ग-यौँ। लक्षण देखिएका र नदेखिएका छुट्टयाउने, होम क्वारेन्टाइनमा बस्नु पर्ने, हस्पिटलमा जानु पर्नेलाई उचित व्यबस्थापन ग-यौँ। हस्पिटलसँग संपर्क, एम्बुलेन्सको ब्यबस्था आदि कार्यले न्यूनिकरण गर्नमा सफल भएका छाैं।

अहिले सक्रमणको स्थिति कस्तो छ ?

आजसम्मको तथ्याङ्क अनुसार संक्रमितका संख्या ८ सय ६१ रहेको छ। जसमध्ये निको हुनेको संख्या ४ सय ८४ छ भने हाम्रो वडानमा हालसम्म ४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। यस्तै होम आईसोलेशन ३ सय २७ जना रहेका छन। साथै हस्पिटलको आइसोलेसनमा ६८ जना रहेका छन्।

संक्रमितको संख्या त धेरै नै बढेको देखियो त?

भाद्र २१ गतेसम्म जम्मा संक्रमितको संख्या १ सय ७१ जान थियो। भाद्र २१गते निषेधाज्ञा हटाइएपछि सबै कोरोनाबाट हैन लकडाउनबाट त्रसित भएजस्तो देखियो। भाइरसका किटाणुलाई वडाको सीमाले छेक्न सकेन। मानिसहरुको चहल पहल बढ्यो । कार्यालयमा, बैंकमा, बित्तीय संघ संस्थामा, बजारमा जहातहि भिँडभाड, मापदण्डको पालना भएन। तर, हामी निरन्तर लागेका छौ।

हाम्रो वडामा कन्ट्याक्ट ट्रेसिङको आधारमा आजसम्म १० पटक पिसिआर गराई सकेका छौ। हरेक संक्रमितसँग मैले फोन सम्पर्क गर्छु। समाजले गरेकोे अछुत जस्तो व्यवहार, अपहेलना, डर र त्रास मलाइ सुनाउछन। मैले छर छिमेकका मान्छेहरुसँग कुरा गर्छु सम्झाउछु। कुरा बुझ्दछन। त्यस्ताे व्यवहार बन्द हुन्छ। कोरोनादेखि डराउनु पर्दैन। नियम पालना गर्नु पर्छ। खानपिनमा ध्यान दिनु पर्छ आदि भनेर भनेपछि खुसि हुनुहुन्छ। हाम्रो आधा रोग निको भयो भन्नू हुन्छ । यस्तो सुन्दा आनन्द लाग्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *