धनगढीबाट लागूऔषधसहित ६ जना पक्राउ

डिसी नेपाल
२० वैशाख २०८१ २२:०६
8
Shares

धनगढी। कैलालीको धनगढीबाट बिहीबार लागूऔषधसहित ६ जना पक्राउ परेका छन्।

उनीहरुलाई तीन ग्राम ८२० मिलिग्राम लागुऔषध (खैरो हेरोईन) सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। धनगढी उपमहानगरपालिका–४ का १८ वर्षीय विकाश नेपाली को घरमा चेकजाँच गर्दा उनको सुत्ने कोठाबाट ३ ग्राम ८२० मिलिग्राम लागुऔषध (खैरो हेरोइन) फेला परेको थियो।

अन्य पाँच जनालाई बिक्रिबितरण र सेवनमा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो। पक्राउ पर्नेमा धनगढी–३ चटकपुरका १९ वर्षीय प्रबिण खड्का, धनगढी–२ का २३ वर्षीय चेतन पनेरू, धनगढी–३ का २१ वर्षीय लक्ष्मिप्रसाद जोशी, डोटीको जोरायल गाउँपालिका–१ का २२ वर्षीय बिक्रम पातली र एक जना धनगढीका किशोर रहेका छन्।

पक्राउ परेकालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कबिन्द्रसिंह बोहराले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *