लुम्बिनी गुरुयोजना समयमै सकाउने प्रतिबद्धता

डिसी नेपाल
२९ असोज २०७७ ११:५०

सिद्धार्थनगर । लुम्बिनी विकास कोषका नवनियुक्त सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनी गुरुयोजना समयमै सकाउने बताएका छन् । आफ्नो पदभार ग्रहण गर्दै उनले लुम्बिनीलाई स्मार्ट लुम्बिनी बनाउन आफूले योजनाबद्ध काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सरकारले उनलाई चार वर्षका लागि नियुक्त गरेपछि बुधबार कोषको केन्द्रीय कार्यालय लुम्बिनीमा पदभार ग्रहण गरेका हुन् ।

शाक्यका स्वागतमा कोषले राखेको स्वागत कार्यक्रममा उपाध्यक्ष भिक्षु मैत्तेयले चालीस वर्षअघिदेखि शुरु भएको लुम्बिनी गुरुयोजना समयमै सम्पन्न गर्न र यसको गरिमा अझै प्रभावकारी गराउन सदस्य सचिवको नियुक्तिले विशेष भूमिका खेल्ने बताए।

कोषका सूचना अधिकृत ज्ञानिन राईले तीन वर्षदेखि कहिले निमित्त त कहिले कामु भई लुम्बिनीको सदस्य सचिवको जिम्मेवारी सम्हाल्दा कतिपय काम प्रभावकारी ढङ्गले अगाडि बढ्न नसकेको अवस्थामा सरकारले गरेको निर्णयले आफूहरुलाई उत्साहित बनाएको बताए ।

काठमाडौँ महानगरपालिका वडा नम्बर २१ निवासी शाक्यले युवा बौद्ध समूहमा रहेर काम गर्नाका साथै बौद्ध अध्ययन र समसामयिक वस्तुस्थितिमा विभिन्न लेख प्रकाशन गर्दै आएकाख छन् ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *