कर बुझाउन धुलिखेल धाउनुपर्ने बाध्यता हट्यो

रासस
३० असोज २०७७ २२:२४

दोलखा । दोलखालीलाई कर बुझाउन काभ्रेपलाञ्चोकको धुलिखेल धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । दोलखा सदरमुकाम चरीकोटमा करदाता सेवा कार्यालय स्थापना भएसँगै यसअघिको बाध्यता अन्त्य हुने भएको हो ।

विगतका वर्षमा रु १५ करोड २७ लाख ७४ हजार राजश्व उठाएकोमा यस आवमा ५० करोड भन्दा माथि राजश्व उठाउने लक्ष्य रहेको कार्यालय प्रमुख रामकुमार श्रेष्ठले बताए । दोलखाका १० हजार ३ सय ९ जना करदातालाई ६ सय कर बुझाउन रु ५ हजार खर्च गरेर काभ्रेपलाञ्चोकको धुलिखेल र भक्तपुर जानुपर्ने बाध्यता थियो ।

नेपाल सरकार, मन्त्रिपरिषदको २०७६ पुस २१ को निर्णय अनुसार जिल्लामै करदाता सेवा कार्यालय स्थापना भएपछि आफूहरु खुशी भएको दोलखा उद्योग बाणिज्य सङ्घका सदस्य दिनेश बस्नेतले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *