बारुलाको विषबाट बन्यो शक्तिशाली औषधि, अरु औषधिले नसक्ने टिबीको जीवाणु मार्न सक्षम

डिसी नेपाल
१ कार्तिक २०७७ ११:०२

काठमाडौं। वैज्ञानिकहरुले बारुलाको विषबाट शक्तिशाली एन्टिबायोटिक तयार गरेका छन् । द विकमा प्रकाशित रिपोर्टअनुसार अमेरिकी वैज्ञानिकहरुले बारुलाको विषबाट यस्ता माइक्रोबियल मलिक्युल विकास गरेका छन् जसले अन्य औषधिले काम नगर्ने ब्याक्टेरियालाई समेत मार्न सक्छन् । मलिक्युल विकास गर्ने अमेरिकाको पेन्सलभेनिया विश्वविद्यालयका अनुसार यसबाट तयार हुने औषधिले क्षयरोग (टीबी) र सेप्सिसका खतरनाक ब्याक्टेरियाको उपचार गरिनेछ ।

नेशनल एकेडेमी अफ साइन्सेज जर्नलमा प्रकाशित शोधपत्रका अनुसार वैज्ञानिकहरुले एसियाली, कोरियाली र वेस्पुला बारुलाहरुको विषबाट प्रोटिनको एक अंश निकालेर त्यसमा परिवर्तन गरेका थिए । यो परिवर्तनका कारण औषधिका मलिक्युल्समा ती ब्याक्टेरियालाई मार्न सक्ने क्षमता बढेको छ जुन ब्याक्टेरियामा औषधिहरु प्रभावहीन भइरहेका थिए ।

मुसामा गरिएको परीक्षणमा जुन ब्याक्टेरियामाथि अन्य औषधिको असर भइरहेको थिएन ती ब्याक्टेरियामा यो औषधिको असर भएको पाइएको छ । वैज्ञानिकहरुका अनुसार अहिलेको समयमा यस्तो नयाँ एन्टिबायोटिक्सको आवश्यकता छ जो ड्रड रेसिस्टेन्ट (औषधि प्रतिरोधी) ब्याक्टेरियालाई मार्न सक्षम होस् किनकि यस्ता संक्रमणका केसहरु बढिरहेका छन् । वैज्ञानिकहरुले विषबाट निस्किएका मलिक्युलले कैयौं किसिमको एन्टिबायोटिक्सको काम गर्ने विश्वास लिएका छन् ।

अनुसन्धानका क्रममा बारुलाको विषबाट मास्टोपरन एल पेप्टाइडलाई अलग गरिएको थियो । यो मानिसको लागि निकै विषालु हुन्छ । यसले मानिसको शरीरमा रक्तचाप उच्च बनाउँछ र हालत गम्भीर बनाइदिन्छ । यसको यो कसरलाई कम गरेर यसमा परिमार्जन गरियो । यसलाई ब्याक्टिेरियामा विषको रुपमा काम गर्नेगरी परिमार्जन गरिएको थियो । मानिसमा यो कति सुरक्षित छ भन्ने विषयमा क्लिनिकल ट्रायल हुन बाँकी छ ।

वैज्ञानिकहरुले यसरी बनेको औषधिको प्रयोग मुसामा हुने इ–कोली र स्टेफाइलोकोकस आरेयस ब्याक्टेरियामा गरे । नयाँ औषधिको परीक्षणको क्रममा ८० प्रतिशत मुसा जीवित रहे । तर, जुन मुसाहरुलाई यो औषधिको अधिक मात्र दिइयो तिनीहरुमा साइड इफेक्ट देखियो । अनुसन्धानमा दावी गरिएको छ कि यो औषधि जेन्टामाइसिन र इमिपेनेमको विकल्प प्रमाणित हुन सक्छ किनकि ड्रग रेसिस्टेन्ट ब्याक्टेरियाको केसहरु बढिरहेका छन्




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *