गोरखा दरबारमा विधिपूर्वक घटस्थापना

फाइल


गोरखा । ऐतिहासिक कालिका मन्दिरमा रहेको दशैघरमा आज विधिपूर्वक जमरा राखिएको छ । बिहान ११ बजेर ४६ मिनेट जौको जमरा कालिका भगवतीको मन्दिर र गोरखनाथ गुफामा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए । परम्परा अनुसार बिहान सबेरै (बिहान नाडीको रौ देखिने बेला) मिर्मिरे उज्यालोमा देवी भगवतीको सवारी गराएपछि बिहानको शुभसाइतमा विजयादशमीको घटस्थापना गरिएको हो ।

यसअघि मूल दरबारको कैलाश कोठाबाट भित्रि बाटो हुँदै देवी भगवतीका सवारी गराउने प्रचलन रहँदै आएको भएपनि विनासकारी भूकम्पले मूल दरबारमा पूर्ण क्षति पुगेकाले कैलाश कोठाको थपना गरी देवीको सवारी गराइएको छ ।

घटस्थापनाका बिहान गोरखाको मनकामना मन्दिरमा पनि जमरा राखिएको मन्दिरका पुजारी इन्सान थापाले जानकारी दिए । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिम बढी रहेका गोरखा जिल्लाभित्रका सबै शक्ति पीठमा नित्य पूजाबाहेक सर्वसाधारणलाई पूजाआजा गर्न रोक लगाइएको छ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो