कारागारमा सामाजिक दूरी कायम राख्न आग्रह
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कारागारभित्र स्थान अभावका कारण असम्भव देखिएकाले आपत्कालिन संरचना निर्माण गरी सामाजिक दूरी कायम गर्न सरकारलाई आग्रह गरेको छ ।
कारागार अनुगमन प्रतिवेदन आज सार्वजनिक गर्दै आयोगले कोरोना भाइरस (कोभिड–१९) को प्रकोप कारागारमा देखिएकाले सामाजिक दूरी कायम गर्न व्यवस्था गर्न आग्रह गरेको आयोगका प्रवक्ता वेद भट्टराईले जानकारी दिए । कोभिड–१९ महामारीको अवस्थामा आयोगबाट सातै प्रदेशका २८ जिल्लाका कारागारको अनुगमन आयोगले गरेको थियो ।
आयोगले अनुगमनमा कोभिड–१९ बाट कारागारमा रहेका कैदीबन्दी, सुरक्षाकर्मी तथा कर्मचारीमा हुन सक्ने सङ्क्रमण जोखिमलाई कम गर्न अपनाउनुपर्ने सावधानीका लागि अत्यावश्यक मास्क, सेनिटाइजर, पञ्जा, फेसशिल्ड, साबुन, ज्वरो नाप्ने यन्त्र, पीपीई सेटलगायतका सामग्रीका लागि तत्काल बजेट व्यवस्थापन गर्न, कोभिड–१९ महामारीबाट थुनुवा, कैदीबन्दी सुरक्षित राख्न र सबै कारागारका लागि पूर्वतयारी तथा प्रतिकार्य प्रयोजनका लागि एक एकिकृत निर्देशिका जारी गरी कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment