अर्मेनिया–अजरबैजान युद्धमा ७२९ जना अर्मेनियाली सैनिक मारिए
बाकु (एजेन्सी)। अजरबैजान र अर्मेनियाबीचको युद्धमा परी अर्मेनियाका ७२९ जना सैनिक मारिएको अर्मेनियाले जनाएको छ। सोमबार थप २० जना सैनिक जवान मारिएको अर्मेनियाको रक्षा मन्त्रालयले जनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
आधकारिक रुपमा अजरबैजानको भूमि रहेको तर अर्मेनियाको कब्जामा रहेको नार्नो कारबाख क्षेत्रलाई लिएर यी दुई मुलुकबीच युद्ध शुरु भएको चोथो हप्ता भएको छ। यो बीचमा दुई पटक युद्ध विराम घोषणा गरिए पनि युद्ध जारी रहेको छ।
युद्धका क्रममा भएको क्षतिबारे अर्मेनियाले जानकारी दिए पनि अजरबैजानले भने हालसम्म भएको क्षतिबारे केही जानकारी दिएको छैन। अजरबैजानका राष्ट्रपतिले युद्ध समाप्त भएपछि सबै जानकारी दिइने बताएका छन्।
यसैबीच अजरबैजान–अर्मेनिया युद्धकाबीच आफ्नो भूमिमा कुनै पनि प्रकारले मिसाइल खसे तयसको जवाफ दिने छिमेकी मुलुक इरानले चेतावनी दिएको छ। इरानले जानेर वा गल्तीले इरानी भूमिमा कुनै मिसाइल खसे त्यसको जवाफ दिइने बताएको छ। हालसम्म काराबाखको इरानी सीमा क्षेत्रमा मिसाइलहरु खसेको जनाइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment