अजरबैजान विरुद्धको लडाईँका हालसम्म ७ सय भन्दा धेरै आर्मीनिया सैनिकको मृत्यु

डिसी नेपाल
४ कार्तिक २०७७ १०:१३

बीबीसी। अजरबैजान विरुद्ध जारी लडाईँमा आर्मीनियाका तर्फबाट लडिरहेका सैनिकको संख्या लगातार बढिरहेको छ। आर्मीनियाको सेनाका तर्फबाट जारी विज्ञप्ति अनुसार सोमबार मात्रै १९ सैनिकको मृत्यु भएको छ। योसँगै हालसम्म ७२९ आर्मीनियाका सेनाको मृत्यु भएको छ।

आर्मीनियाको रक्षा मन्त्रालयकाले यसअघि यो संख्या अपूरो हुन सक्ने जनाएको थियो। लगातार जारी लडाईँमा मृत्यु हुने सैनिकको संख्या ढिलो गरी प्राप्त भइरहेको छ।

उता अजरबैजानले आफ्नोतर्फ भएको क्षतिको विवरण अहिलेसम्म सार्वजनिक गरेको छैन। राष्ट्रपति इलहाम एलियेवले एक अन्तर्वार्तामा केही दिन अगाडि युद्ध समाप्त पछि क्षतिको विवरण सार्वजिनक गर्ने बताएका थिए।

यसैबीच इरानले यदि काराबाखको तर्फबाट इरानको जमीनमा मिसाइलवा तोपको गोला आएको अवस्थामा इरानले त्यसको जवाफ दिने चेतावनी दिएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता सईद खतिबजादेले भने, ‘इरानको जमीनमा कुनै प्रकारको हमला भयो भने त्यसको उचित जवाफ दिइने छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *