गण्डकीमा सङ्क्रमित छ हजार नाघे

डिसी नेपाल
४ कार्तिक २०७७ २०:५६
68
Shares

गण्डकी । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ८७ जना पुगेको छ । मङ्गलबार मात्रै प्रदेशमा १२७ जना कोरोना सङ्क्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नं २२ का ४४ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा आज निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा। विनोदविन्दु शर्माले जानकारी दिए । कात्तिक ३ गते कोरोना पुष्टि भएका निजमा कोरोना सहित निमोनिया र श्वासप्रस्वास सम्बन्धी समस्या रहेको निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *