दशैँको मुखैमा पनि छैन नयाँबसपार्कमा चहलपहल (फोटोफिचर)
काठमाडौँ । आज नवरात्रको छैटौँ दिन । विगतका दशैंमा टिकट नपाएर घण्टौं लाईनमा बस्नु पर्ने नयाँबसपार्क यो वर्ष भने नवरात्रको छैटौँ दिन हुदासम्म पनि सुनसान रहेको छ। कोरोना भाइरसका कारण दशैँ मनाउन गाउँ फर्कनेहरुमा पनि उत्साह छैन । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि बसपार्कमा मार्किङ गरिएको छ। तर, मान्छेहरु कमै मात्रामा रहेका छन्। नयाँ बसपार्कबाट देशका करिब ६५ जिल्लामा सामान्य समयमा दैनिक पाँच सय बस बाहिरिन्छन् तर बन्दाबन्दीमा यो क्रम रोकियो । यातायात क्षेत्र अति प्रभावित भयो बसपार्क पनि सुनसान भए । बन्दाबन्दी खुले पनि बसपार्कहरूमा पहिलाकै चहलपल अझै फर्किएको छैन । विगतको दशैको तुलनामा यसपालि नयाँबसपार्कबाट एकतिहाईमात्र बस बाहिरिएको तथ्यांक रहेको छ। त्यसमा पनि अधिकांश बसहरु खाली जाने गरेको सञ्चालकहरु बताउँछन्।











No ads found for this position




Facebook Comment