प्रदेश १ मा ६३७ सङ्क्रमित थपिए

डिसी नेपाल
६ कार्तिक २०७७ २२:४८

विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं. १ मा ६३७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

थपिएका सङ्क्रमितमा मोरङमा २९९, सुनसरीमा १८०, झापामा ११०, उदयपुरमा १३, इलाममा आठ, ताप्लेजुङमा छ, संखुवासभामा तीन, खोटाङ र धनकुटामा एकाएक र प्रदेश बाहिरका १६ जना रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज सङ्क्रमितमा १९७ जना महिला र ४४० जना पुरुष छन् ।

प्रदेशमा आज ४१८ जनासहित छ हजार ६२५ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *