एकपछि अर्को गर्दै विवादमा फसिन् कंगना, कंगना विरुद्ध तेस्रो एफआईआर दर्ता

डिसी नेपाल
७ कार्तिक २०७७ ८:३१
176
Shares

मुम्बई। बलिउड अभिनेत्री कंगना रनोट विरुद्ध फेरि अर्को एफआईआर दर्ता भएको छ। कंगनामाथि न्यायपालिका विरुद्ध दुर्भावनापूर्ण र अपमानजनक पोष्ट गरेको आरोप लागेको छ।

मुम्बई बेस्ड वकिल अली काशिफ खान देशमुखलेअन्धेरी मजिस्ट्रेट कोर्टमा उजुरी दर्ता गराउँदै कंगना विरुद्ध दुई धार्मिक समुदायबीच विद्रोह मनमुटाव पैदा गरेको आरोप पनि लगाएका छन्।

देशमुखले आफ्नो उजुरीमा कंगनाले देशको विविधता र कानुनको सम्मान नगरेको र न्यायपालिकाको मजाक उडाएको आरोप लगाएका छन्। बान्द्रा कोर्टले एफआईआरको आदेश दिँदा कंगना रनोटले ‘पप्पू सेना’ टर्मको प्रयोग गर्दै न्यायपालिका विरुद्ध दुर्भावनापूर्ण र अपमानजनक ट्वीट गरेकी थिइन्। यो विषयमा दश नोभेम्बरमा अन्धेरी कोर्टमा सुनुवाई हुनेछ।

अभिनेत्री कंगना विरुद्ध दशभित्र यो तेस्रो एफआईआर हो। करिव दश दिन पहिला किसानको अपमान गरेको आरोपमा कर्नाटकको क्याथासान्द्रा थानमा कंगना विरुद्ध एफआईआर दर्ता गरिएको थियो।

पाँच दिन पहिला कास्टिङ निर्देशक र फिटनेश ट्रेलर साहिल अशफर अली सैयदको याचिकाको सुनुवाई गर्दै बान्द्रा कोर्टले कंगना विरुद्ध एफआईआरको आदेश दिएको थियो।

साहिल अशरफ अली सैयदले कंगना र उनकी बहिनी रंगोली विरुद्ध बलिउडमा धर्मको नाममा फुट ल्याउन खोजेको आरोप लगाएका थिए। मुम्बई प्रहरीले सोधपुछका लागि कंगनालाई २६ अक्टोबर र रंगोलीलाई २७ अक्टोरमा बोलाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *