प्रदेश १ का कानून मन्त्री काेराेना संक्रमित

डिसी नेपाल
७ कार्तिक २०७७ १२:०४
80
Shares

काठमाडौं । प्रदेश १ का कानून मन्त्री हिक्मत कुमार कार्की कोरोना संक्रमित भएका छन्। कार्किले आफ्नै फेसबुक पेजमा आफू कोरोना संक्रमित भएको जानकारी दिएका हुन्।

कार्कीले फेसबुक पेजमा भनेको छन, ‘मलाई पनि बिश्वब्यापी महामारीको रुपमा फैलिएको नोबल कोरोना भाईरस (कोभिड–१९)को संक्रमण भएकोछ। कन्ट्याक्ट् ट्रेसिङको आधारमा आश्बिन २९ गतेको पीसीआर परिक्षणमा नेगेटिभ देखिएको थियो। त्यसताका सामन्य रुघाखोकी लगायत असर थियो आईसोलेटड भएरै बसियो । तर हिजो पुनः पीसीआर परिक्षण गर्दा पोजेटिभ देखिएकोछ हाल स्वास्थ्य अबस्था भने सामन्य छ।’

प्रदेश राजधानी बिराटनगरमा आफ्नै निवासमा आईसोलेशनमा बसेको उनले जानकारी दिएका छन्। यसबीच निकट संम्पर्कमा रहनु भएका साथीभाई ईष्ट्मित्रहरुलाई सावधानी अपनाउन पनि कार्कीले अनुरोध गरेका छन्।

उनले भनेका छन्, ‘यस बाट पर्न जाने सबै अशुविधा प्रती क्षमायचना गर्दछु । धन्यवाद ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *