क्यान्सर जितेका सञ्जय दत्तले एक्शन सिन गर्न नपाउने!

डिसी नेपाल
८ कार्तिक २०७७ १३:१८
696
Shares

मुम्बई। बलिउड चर्चित अभिनेता सञ्जय दत्तले क्यान्सरलाई जितेका छन्। उनले क्यान्सरलाई जितेपछि उनका फ्यान्सले खुशीयाली मनाउँदै उनलाई फेरि फिल्ममा अभियन गरेको हेर्न चाहेको बताएका छन्।

क्यान्सरलाई जितेका सञ्जय फिटनेस अहिले त्यति फिट भइसकको छैन कि उनी कुनै फिल्मका काम गरुन्। भारतीय संचारमाध्यमका अनुसार सञ्जय दत्त अब एक्सन सिन्स धेरै गर्न सक्दैनन्। त्यही कारण उनले फिल्ममा ठूलो परिवर्तन गर्नु पर्नेछ।

भारतीय सञ्चारमाध्यमका अनुसार सञ्जय दत्तको आगामी फिल्म पृथ्वीराज र केएफजी–२ मा पनि केही परिवर्तन हुनेछ। पहिला दुवै फिल्मका सञ्जय दत्तको दमदार एक्सन सिन्स थियो।

त्यो सिन्स गर्न दत्तको फिटनेस राम्रो हुन आवश्यक थियो। तर उनलाई क्यान्सर भएपछि उनको फिटनेस राम्रो छैन। यही कारण ती दुवै फिल्मका केही सिन्स परिवर्तन हुन सक्ने जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *