रुस र चीनबीच सैन्य सहकार्य हुन सक्ने

डिसी नेपाल
९ कार्तिक २०७७ १०:०२

काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस र चीनबीच सैन्य सहकार्य हुने सम्भावनालाई अस्वीकार गर्न नसकिने बताएका छन् । एसोसिएट प्रेसलाई उद्धृत गर्दै मस्को टाइम्सले लेखेअनुसार पुटिनले अहिले नै सैन्य सहकार्य भने आवश्यक नभएको बताए । भाल्दाइ डिस्कसन क्लवमा एक कार्यक्रममा बोल्दै राष्ट्रपति पुटिनले रुसले चीनसँग संयुक्त सैन्य अभ्यास तथा संवेदनशील रुसी सैन्य प्रविधिको आदान–प्रदान गरेर रुसले चीनसँग सैन्य सहकार्यका लागि एक कदम अगाडि बढाएको बताए ।

‘चीनसँग हाम्रो सहकार्यले चिनियाँ सेनाको रक्षा क्षमता बढाएकोमा कुनै शंका छैन’ अन्तर्राष्ट्रिय विदेश नीतिका विशेषज्ञसँगको बैठकमा पुटिनले भिडियो कन्फरेन्समार्फत भने । कुनै दिन मस्को र बेइजिङको सैन्य सहकार्य अझै गहन हुन सक्ने बताउँदै उनले भने ‘यो कसरी विकसित हुन्छ भन्ने समयले देखाउनेछ । हामीले यसलाई अस्वीकार गर्दैनौं’ उनले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *