अमेरिकाका घरधनीको धम्कीः ट्रम्पले चुनाव हारे घरभाडा दोब्बर बढाइने

डिसी नेपाल
९ कार्तिक २०७७ ११:३३

काठमाडौं। अमेरिकामा भइरहेको राष्ट्रपति पदको निर्वाचनमा अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो कार्यकालका लागि जिताउन उनका समर्थकहरुले नयाँ चाल सुरु गरेका छन् । अमेरिकामा घरधनीको तर्फबाट भाडामा बस्नेहरुलाई नोटिस पठाइएको छ । नोटिसमा भनिएको छ ‘यदि जो बाइडेनले चुनाव जिते भने घरभाडा दोब्बर बनाइनेछ । यदि ट्रम्पले जिते भने २ वर्षसम्म भाडा बढाइने छैन ।’ घरधनीहरुले भाडामा बस्नेहरुलाई निर्वाचन परिणामपछि आफूहरुले के गर्न सक्छन् भन्ने बताउन चाहेको उल्लेख गर्दै ट्रम्पले जिते आफूहरु सबैले जित्ने र ट्रम्पले हारे सबैले हार्ने बताएका छन् ।

वाशिङटन पोस्टका अनुसार कोलोराडोको सेक्रेटरी कार्यालयले भाडामा बस्नेहरुका तर्फबाट आफ्नो कार्यालयमा गुनासो आएको पुष्टि गरेको छ । इमेलबाट भाडामा बस्नेहरुलाई पठाइएको यो नोटिस अब अटर्नी जनरललाई पठाइनेछ । नोटिसमा बाइडेनले चुनाव जितेमा सबै कुरामा कर वृद्धि गरिने भएकोले यसको पूर्ति गर्नको लागि घरधनीले भाडामा बस्नेहरुबाट हरेक वृद्धिको क्षतिपूर्ति असुल्ने धम्की दिइएको छ । नोटिसमा बाइडेन नयाँ राष्ट्रपति बनेमा हरेक कुराको मूल्य बढ्ने भनिएको छ । जरुरी सामान, ग्यास, किराना सामान, नयाँ अनुमति, शुल्क र अन्य धेरै कुराहरु पहिले नै महंगा भएकोले अब भाडामा बस्नेहरुको भाडा पनि बढ्ने भनिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *