‘मैले ट्रम्प नाम भएको एउटा व्यक्तिलाई भोट दिएँ’

डिसी नेपाल
९ कार्तिक २०७७ १२:२२

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको निर्वाचनका लागि शनिबार मतदान गरेका छन् । उनले आफ्नो गृहनगर फ्लोरिडामा मतदान गरेका हुन् । यहाँ एक लाइब्रेरीलाई मतदान बुथ बनाइएको छ र ट्रम्पले त्यहीाबाट मतदान गरेका हुन् । ट्रम्प फ्लोरिडाकै हुन् । मतदान गरेपछि ट्रम्पले मिडियासँग पनि कुराकानी गरे । एनपीआरको रिपोर्टअनुसार कुराकानीका क्रममा उनले मुस्कुराउँदै भने ‘मैले ट्रम्प नाम भएको एक व्यक्तिलाई भोट दिएँ ।’

ट्रम्पले मतदान प्रक्रियाको बारेमा पनि कुरा गरेका छन् । उनले भने ‘यो निकै सुरक्षित प्रणाली हो । यसमा फर्जी काम हुने सम्भावना छैन । सबथोक पूर्ण, कडा र नियमअनुसार चलिरहेको छ ।’ ट्रम्पले आफूसँग यात्रा गरिरहेका पत्रकारहरुलाई उनीहरुको आजको दिन निकै व्यस्त हुने बताए । ट्रम्पले चुनाव प्रचारको अन्तिम दिनहरुमा आफ्ना प्रतिद्वन्द्वी जो बाइडेनविरुद्ध ठूला र्यालीहरु गर्दैछन् । उनले नर्थ क्यारोलिना, ओहियो, भिसकन्सिन लगायतमा र्याली गर्दैछन् ।

महामारीको उच्च प्रकोप रहेकोले अमेरिकीहरुले समयमै मतदान गरेका छन् । अहिलेसम्म ५ करोडभन्दा धेरै मतदाताले मतदान गरिसकेका छन् । विशेषज्ञका अनुसार कोरोना महामारीका कारण इन पर्सन भोटिङले धेरै समय लिइरहेको छ । सुरक्षालाई दृष्टिगत गर्दै कैयौं प्रोटोकल अपनाइएका छन् । राष्ट्रपति ट्रम्प पनि मतदानको क्रममा शनिबार मास्क लगाएर बाहिर निस्किएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *