म्याक्रोँविरोधि एर्दोगानको प्रतिक्रिया अस्वीकार्य

डिसी नेपाल
९ कार्तिक २०७७ २२:५१

ब्रसेल्स(एजेन्सी) । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले उनका फ्रान्सेली समकक्षी इम्यानुयल म्याक्रोँप्रति लक्षित गरी दिएको प्रतिक्रिया इयूलाई ‘अस्वीकार्य’ हुने यूरोपेली संघका वरिष्ठ कुटनीतिज्ञ जोसेफ बोरेलले आइतबार बताएका छन् ।

बोरेलले भने, “टर्कीका राष्ट्रपति एर्दोगानले उहाँका फ्रान्सेली समकक्षी म्याक्रोँलाई लक्षित गरी दिएको प्रतिक्रया इयूका लागि ‘अस्वीकार्य’ छ ।”

उनले टर्कीलाई यस प्रकारको विवादास्पद अभिव्यक्ति दिने क्रमलाई तत्काल रोक्न आग्रह गरे ।

राष्ट्रपति एर्दोगानले फ्रान्सेली समकक्षी म्याक्रोँले टर्कीबारे दिएको अभिव्यक्तिपछि म्याक्रोँले मानसिक परीक्षण गराउन भनी उत्तेजक भनाई राखेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *