कोरोनाको दोस्रो लहर आएपछि स्पेनमा संकटकाल, देशैभरी रात्रीकालीन कर्फ्यू लागू

डिसी नेपाल
१० कार्तिक २०७७ ९:०४

मड्रिड। कोरोनाभाइरसको दोस्रो लहर आएपछि स्पेनले राष्ट्रव्यापी संकटकाल र रात्रीकालीन कर्फ्यू आदेश जारी गरेको छ । प्रधानमन्त्री पेड्रो सान्चेजले कर्फ्यू राती ११ बजेदेखि बिहान ६ बजेसम्म लागू हुने जानकारी दिए । बीबीसीका अनुसार कर्फ्यू आदेश संकटकालीन अवस्थाका मापदण्ड अन्तर्गत र्नै पर्नेछ र आइतबारदेखि लागू गरिएको छ । स्थानीय प्रशासनले समेत आफ्नो क्षेत्रमा यात्रामा प्रतिशन्ध लगाउन सक्ने प्रधानमन्त्री सान्चेजले बताए । प्रधानमन्त्री सान्चेजका अनुसार स्थानीय प्रशासनले आफ्नो अनुकूलतामा रात्रीकालीन कर्फ्यूको समय फेरबदल गर्न सक्नेछन् ।

प्रधानमन्त्री सान्चेजले अहिले संकटकालीन अवस्था १५ दिनका लागि लागू गरिएको बताउँदै यो प्रस्तावलाई संसदबाट ५ महिनाको लागि बढाउनको लागि प्रस्ताव लैजाने बताए । यो वर्षको सुरुमा महामारीबाट स्पेन नराम्रोसँग प्रभावित भएको थियो र त्यतिबेला देशमा लकडाउन लागू गरिएको थियो । युरोपको अत्यन्तै प्रभावित अर्को देश इटलीमा पनि दोस्रो लहर सुरु भएपछि सुरक्षाका नयाँ मापदण्डहरु लागू गरिएका छन् । फ्रान्समा पनि नयाँ संक्रमणका केसहरु बढेका छन् । आइतबार यहाँ २४ घण्टाभित्र ५२ हजार नयाँ संक्रमित भेटिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *