शौचालयमा नवजात भेटिएपछि दोहा विमानस्थलमा सबै महिला यात्रुको भित्री जाँच

डिसी नेपाल
१० कार्तिक २०७७ ९:३०

काठमाडौं। कतारको राजधानी दोहा विमानस्थलमा एक उडानमार्फत सिड्नी जान लागेका महिला यात्रुलाई भित्री रुपमा जाँच गरिएकोप्रति अस्ट्रेलियाले गम्भीर आपत्ति जनाएको छ । हम्माद अन्तर्राष्ट्रिय विमानस्थलको शौचालयमा एक नवजात शिशु भेटिएपछि महिलाहरुको आन्तरिक जाँच गरिएको बताइएको छ । बीबीसीका अनुसार बच्चा कसको हो भन्ने खुल्न सकेको छेन र बच्चालाई अस्पतालमा राखिएको छ ।

जाँच गरिएका मसिहलाहरुमध्ये १३ जना अस्ट्रेलियाली नागरिक रहेको बताइएको छ । च्यानल सेभेनका अनुसार ती महिलाहरुलाई एउटा एम्बुलेन्समा लखेर सबै वस्त्र खानेल्न लगाइ जाँच गरिएको थियो । २ अक्टोबरमा कतार एयरवेजको उडानमा चढ्नुअघि जाँच गरिएका ती महिलाहरुलाई किन जाँच गरिएको हो भन्नेबारे कुनै जानकारी दिइएको थिएन । अस्ट्रेलिया सरकारले कतारी अधिकारीहरुसमक्ष यो मुद्दा उठाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *