चुनाव प्रचारमा हिँडेका ट्रम्पको साथमा नक्कली मेलानिया !

डिसी नेपाल
१० कार्तिक २०७७ १०:०९

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्यले आफ्नो भाषणको क्रममा धेरै पटक झुट बोलेको पाइएसँगै अहिले धेरै अमेरिकीहरुले राष्ट्रपतिका हरेक कुरा र गतिविधिमाथि प्रश्न उठाउन थालेका छन् । पछिल्लो समय सामाजिक संजालमा ट्रम्पको साथमा चुनाव प्रचारमा हिँडिरहेकी महिला ट्रम्पकी पत्नी मेलानिया नभइ उनको ‘बडी डबल’ अर्थात उस्तै देखिने अर्कै महिला भएको दावी सामाजिक संजालमा व्यापक भइरहेको छ ।

केही हप्ताअघि राष्ट्रपति ट्रम्पले आफू र पत्नी मेलानिया कोरोनाभाइरस संक्रमित भएको घोषणा गरेका थिए । त्यसपछि मेलानिया बाहिर निस्कन डराइरहेको दावी गरिएको छ । गएको मंगलबार मेलानियाका प्रवक्ताले उनलाई अझै पनि कोरोनाभाइरस संक्रमणका कारण खोकी लागिरहेकोले उनी ट्रम्पको साथमा र्यालीमा सहभागी हुने पूर्वनिर्धारित कार्यक्रम रद्द गरिएको र उनी र्यालीमा सहभागी नहुने बताएका थिए । तर, बुधबार राती भएको राष्ट्रपतीय बहसमा मेलानिया देखिइन् । शनिबार पनि मेलानिया जस्तै देखिने एक महिला ट्रम्पको साथमा देखिएपछि सामाजिक संजालमा उनी वास्तविक मेलानिया नभएको दावी सामाजिक संजालमा व्यापक भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *